काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कानूनी राज्य र बिधिको शासनको उपहास मान्य नहुने बताउनु भएको छ ।
अध्यक्ष केपी शर्मा ओली पक्राउ परे पछि सामाजिक सामाजिक संञ्जाल मार्फत उहाँले यस्तो प्रतिक्रिया जनाउनु भएका हो ।
उहाँले लेख्नु भएको छ-
लोकतान्त्रिक ब्यवस्थामा राज्य र सरकार आक्रमक होईंन संयम हुनु पर्दछ ।
प्रतिशोध र बदला होईन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ ।
कानूनी राज्य र बिधिको शासनको उपहास मान्य छैन ।
घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबीन हुनु पर्दछ ।
हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाईको माग गर्दछु ।
जनताबाटप्राप्त जनादेशको दुरुपयोग नहोस, सरकारको ध्यानाकर्षण गर्दछु ।
हाम्रो पार्टीले कानूनी र राजनीतिकबाटो लिनु पर्दछ । संयम र धैर्यताकासाथ एकताबद्ध भएर प्रतिकुल परिस्थितिको सामना गरिने छ ।












