२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय



अ+ अ-

काठमाडौँ। अमेरिकी सेनाले सोमवार ओमानको खाडीमा एउटा खाली तेल ट्याङ्करलाई निष्क्रिय पारेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) काअनुसार उक्त जहाजले इरानको बन्दरगाहमा जान खोजेर इरान विरुद्ध जारी अमेरिकी नौसैनिक नाकाबन्दीको उल्लंघन गरेको थियो ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी सेन्ट्रल कमान्डले ओमानको खाडीको अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानतर्फ गइरहेको पलाउको झण्डावाहक एम÷टी मारिभेक्स लाई निष्क्रिय पारेको हो ।

विज्ञप्तिमा जहाजका चालक दलका सदस्यहरूले अमेरिकी सेनाको निर्देशन पालन नगरेको पनि उल्लेख गरिएको छ। युएसएस अब्राहम लिङ्कन युद्धपोतबाट उडेको एफ/ए-१८ सुपर हर्नेट लडाकु विमानले जहाजको इन्जिनियरिङ र स्टेयरिङ क्षेत्रमा अचुक निशाना प्रहार गरेपछि मारिभेक्स इरानतर्फ जान नसकेको कमान्डले जनाएको छ ।

कमाण्डकाअनुसार गत अप्रिल १३ मा नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाले निर्देशन पालना नगर्ने सातवटा असहयोगी जहाजलाई निष्क्रिय पारेको छ, निर्देशन पालना गर्ने १३४ वटा जहाजलाई अन्यत्र मोडेको छ र मानवीय सहायता सामग्री बोकेका ४२ वटा जहाजलाई भने जान अनुमति दिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल