२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा



अ+ अ-

काठमाडौँ। यमनको विद्रोही समूह हुथीले इजरायलको जाफा क्षेत्रमा रहेका संवेदनशील स्थानहरूलाई लक्षित गरी शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।

यससँगै हुथीले लाल सागरमा इजरायलसँग सम्बन्धित सबै प्रकारका जहाजहरूको आवतजावतमा पूर्ण प्रतिवन्ध लगाउने घोषणा समेत गरेको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारियाले एक टेलिभिजन सम्बोधनमार्फत आफ्ना बलहरूले जाफा क्षेत्रका विभिन्न लक्ष्यहरूमा सफल आक्रमण गरेको र उक्त सैन्य कारबाहीले निर्धारित उद्देश्य प्राप्त गरेको बताउनु भयो ।

प्रवक्ता सारियाले लाल सागरमा इजरायली समुन्द्री मार्गको प्रयोगमा पूर्ण प्रतिवन्ध लगाइएको घोषणा गर्दै अबका दिनमा इजरायलसँग सम्बन्धित जुनसुकै जहाजलाई वैध सैन्य लक्ष्य मानिने चेतावनी दिनुभयो ।

उहाँले हुथी समूहले आक्रमणको बदला आक्रमणबाटै दिने बताउँदै आफ्ना सैन्य कारबाहीहरूलाई अझ सशक्त र विस्तार गर्ने संकेत समेत दिनुभयो ।

हुथी समूहले यमन र यस क्षेत्रका आफ्ना सहयोगी समूहहरूमाथि भइरहेको सैन्य आक्रमण र नाकाबन्दी अन्त्य नभएसम्म आफ्ना सैन्य गतिविधिहरू जारी रहने स्पष्ट पारेको छ ।

क्षेत्रीय तनाव बढिरहेका बेला हुथीको यो पछिल्लो घोषणाले अन्तर्राष्ट्रिय जलमार्गमा थप सुरक्षा चुनौती थपेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल