२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विश्वकप फुटबल अवलोकनका लागि विदेश प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकिएका छन्।

उनीहरू विश्वकप फुटबल प्रतियोगिता हेर्न अमेरिका हुँदै मेक्सिको जाने तयारीमा मंगलबार बिहान विमानस्थल पुगेका थिए। तर अध्यागमन कार्यालयले उनीहरूलाई विदेश यात्रा गर्न अनुमति नदिई फर्काएको जनाएको छ।

अध्यागमन विभागका अनुसार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट प्राप्त पत्रका आधारमा एन्फाका पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाइएको हो। सोही निर्देशनअनुसार नेम्वाङ र राईलाई देश बाहिर जान नदिइएको विभागले स्पष्ट पारेको छ।

राखेपले हाल एन्फाको आर्थिक कारोबार तथा वित्तीय विषयसँग सम्बन्धित विभिन्न पक्षको छानबिन गरिरहेको छ। छानबिन प्रक्रिया नसकिएसम्म अध्यक्ष नेम्वाङ, महासचिव राईसहित एन्फाका पदाधिकारीहरूलाई विदेश यात्रा नगर्न निर्देशन दिइएको बताइएको छ।

यस घटनासँगै एन्फाभित्र चलिरहेको आर्थिक अनियमिततासम्बन्धी अनुसन्धान र त्यसका प्रभावहरू फेरि चर्चामा आएका छन्। छानबिन प्रक्रिया अगाडि बढिरहेका बेला एन्फाका शीर्ष पदाधिकारीहरू विदेश जानबाट रोकिएका हुन्।