काठमाडाैँ । नेकपा (एमाले)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद क्षितिज थेवेले यस्तो आपत्ति जनाउनुभएको हो ।
संसदमा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको आर्थिक विधेयकमा विद्युतीय सवारीसाधनको करका दरमा फरक देखिएको भन्दै उहाँले सरकारको नियतमाथि प्रश्न उठाउनु भयो ।
संसद्मा टेबल भइसकेको कुनैपनि विधेयकमा संसद्को पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्नसक्ने संसदीय नियम र अभ्यासविपरित अर्थमन्त्री डा. वाग्लेले करका दरमा संशोधन गरेर अर्थ मन्त्रालयको वेभसाइटमा दर्ता गराउनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘जेठ १५ गते अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गरियो । संसदमा आर्थिक विधेयक दर्ता भयो । उक्त विधेयकमा २० लाखदेखि ३० लाखसम्म मूल्य पर्ने विद्युतीय सवारीको दररेट छुटेको थियो । भोलिपल्ट मन्त्रालयको वेभसाइटबाट डिलिट भयो । फेरि सच्याएर मन्त्रालयको वेबसाइटमा अपलोड गरियो । हामीलाई लागेको थियो यो मानवीय त्रुटी हो । तर सभामुख महोदय बजारमा प्रश्नैप्रश्न उठिरहेका छन् । यो त टाइपिङ मिस्टेक नभई नियतवस गरिएको रहेछ । आज भन्सारका कर्मचारी निलम्बित भइसक्नुभएको छ । संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेभसाइटमा राखिएको आर्थिक विधेयक फरक छ यसलाई संसदले गम्भीर रुपमा लियोस् । मानीय अर्थमन्त्रीज्यूले पनि गम्भीर रुपमा लिनुहोस् भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’
उहाँले प्रधानमन्त्री बालेन्द्र साह स्वयंले संसदको गतिरोध अन्त्य गर्न पहलकदमी लिनुपर्नेमा उहाँको जोड छ












