२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शहीदप्रति श्रद्धाञ्जली स्वरूप ५ मिनेट मौनधारण गरिएको विषयलाई लिएर सभामुखले आपत्ति जनाएका छन् ।

बैठकका क्रममा नेपाली कांग्रेसका सचेतक निश्कल राईको आग्रहमा सांसदहरूले शहीदहरूको सम्मानमा मौनधारण गरेका थिए। तर सो कार्यपछि सभामुखले त्यसलाई संसदीय अभ्यासविपरीत भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

सभामुखका अनुसार बैठक सञ्चालन गर्ने अधिकार औपचारिक रूपमा सभामुखसँग रहने भएकाले सदस्यहरूले आफ्नै निर्णयमा समय निर्धारण गरेर मौनधारण गर्नु उचित नहुने टिप्पणी गरिएको छ। उनले यस प्रकारको अभ्यासले संसदको मर्यादामा असर पर्ने भन्दै ध्यानाकर्षण गराएका छन्।

यस घटनापछि संसदभित्र प्रक्रियागत अभ्यास र मर्यादाबारे फेरि बहस सुरु भएको छ।




भर्खरै