२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले राष्ट्रियता जस्तो संवेदनशील विषय र बजेट निर्माणका क्रममा उठेका प्रश्नहरूबारे प्रधानमन्त्री तथा सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिले राष्ट्रियतामाथि गम्भीर त्रुटी गरेको टिप्पणी गर्नुभयो । उहाँले उक्त विषयमा आम नागरिकले समेत प्रतिक्रिया जनाइरहेकाले प्रधानमन्त्री स्वयंले संसदमा उपस्थित भई स्पष्टीकरण दिनु वाञ्छनीय रहेको उल्लेख गर्नुभयो ।

उहाँले बजेट निर्माण र भन्सार महशुलका सन्दर्भमा अर्थमन्त्रीको भुमिकामाथि उठेका प्रश्नहरूबारे पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । बजेट पेश हुने क्रममा भएका केही कार्यहरूमा वैदेशिक चलखेल वा मिलेमतोको आशङ्का उब्जिएको भन्दै उहाँले यसबारे पनि सदनलाई जानकारी दिनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर विषय हो, यसमा प्रतिपक्षले अनावश्यक बखेडा झिकेको होइन । जनताले यसबारे सत्यतथ्य खोजिरहेका छन्, त्यसैले प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नैपर्छ । सभामुख भनेको संसद्को गरिमा कायम राख्ने र सबै दलहरूलाई समन्वय गर्ने सर्वोच्च निकाय हो । प्रतिपक्षलाई साथमा लिएर र सबै राजनीतिक दलहरूसँग आवश्यक छलफल गरेर मात्र सदन अगाडि बढाउनु उपयुक्त हुन्छ ।’

सांसद शाहीले सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न नसकिने तर्क गर्नुभयो । सांसद शाहीले विकास, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सबै राजनीतिक दलहरूको साझा एजेण्डा हुनुपर्नेमा जोड दिनुभयो ।




भर्खरै