काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले भारतको भूमि अतिक्रमण गरेको प्रमाण सदनमा पेश गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा बौल्दै उहाँले नेपालले कहाँ, कति भुमी मिचेको छ प्रमाण पेश गर्नुपर्ने बताउनुभएको हो । कुनैपनि देशले कानुनी अधिकार वा आपसी सहमतिविना अर्को देशको भूमिमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिने उहाँको भनाई छ ।
नेपालले त्यस्तो गतिविधि गरेको भए त्यसको ठोस प्रमाण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई चुनौती दिनुभयो । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको आत्मसम्मानमा चोट पु¥याएको उहाँको भनाई छ । यसले छिमेकी राष्ट्रसँगको सम्बन्ध पनि बिगार्न सक्ने बताउनु भयो । उहाँले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति र त्यसमा समर्थन जनाउने सांसद तथा मन्त्रीहरूको बारेमा आफ्नो धारणा स्पष्ट गर्नुपर्ने बताउनु भयो ।
बैठकमा उहाँले करको दर हेरफेर भएको विषयमा संसदीय छानविन समिति गठन गरेर अर्थमन्त्रीको छानविन गर्नुपर्ने बताउनु भयो । उहाँले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको सपना भन्दा पनि आफ्नो सपना पूरा गर्न लागेको आरोप लगाउनु भयो ।












