२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पोर्चुगल अन्तर्गत रहेको एसोसियासाओ दे नेपालीसेस रेसिडेन्टेस एम पोर्चुगल (एनआरएनपी) ले विभिन्न शीर्षकमा सङ्कलन गरिएको रकमको हिसाब–किताब व्यवस्थित तथा पारदर्शी बनाउन सबै सरोकारवाला पक्षसँग सहयोगको अपिल गरेको छ ।

संस्थाले जारी गरेको सूचनामा १२ जुन २०२६ भित्र संस्थाको नाममा रसिद जारी गरी संकलन गरिएको सम्पूर्ण रकम सम्बन्धित विवरणसहित संस्थाको बैंक खातामा जम्मा गर्न सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरिएको छ ।

हालसम्म बैंकमा जम्मा भएका तथा जम्मा हुन बाँकी रहेका सबै रकमको विस्तृत विवरण सार्वजनिक गरी नेपाली समुदायसमक्ष पारदर्शी रूपमा प्रस्तुत गरिने संस्थाले जनाएको छ । साथै, प्राप्त विवरण र संस्थाको आर्थिक अवस्थाबारे यथार्थ छानबिन सम्पन्न भएपछि आवश्यक संस्थागत निर्णयहरू अघि बढाइने पनि उल्लेख गरिएको छ ।

संस्थाले आर्थिक पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई प्राथमिकतामा राख्दै सबै पक्षबाट सहयोग, जिम्मेवारीबोध र पारदर्शिताप्रतिको प्रतिबद्धताको अपेक्षा गरेको छ ।