२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट



अ+ अ-

काठमाडाैँ । विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको मंगलवारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

लगातारको अवरोधका कारण मंगलवारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक जेठ २८ गते बिहीवार दिउँसो १ः१५ बजे बस्ने तय गरिएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सरकार र राजनीतिक दल दुवैको भुमिकाप्रति असन्तुष्टि जनाउनुभएको छ ।

अध्यक्ष दाहालले देशको राजनीतिक अवस्था जनताले अनुभूति गर्ने गरी समाधान खोज्न सरकार र दलहरूबीच आवश्यक परामर्श हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले संसदमा नारा लगाउने, आफ्ना धारणा राख्ने र बैठक स्थगित हुने क्रम दोहोरिनु उपयुक्त नभएको बताउनु भयो ।

अध्यक्ष दाहालले सरकारका तर्फबाट पनि समस्याको समाधानमा तदारुकता देखिनुपर्ने र राजनीतिक दलहरूले थप जिम्मेवार तथा सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै संसदको कारबाही अवरुद्ध गर्दै आएका छन्