२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ



अ+ अ-

काठमाडाैँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार शीतल निवासमा विशेष समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको हो । मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीरलाई नियुक्त गर्न सिफारिस गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले मंगलवार नै गुरुङ र पुनलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, मन्त्रिपरिषद्का सदस्यलगायतको सहभागिता थियो ।