२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी



फाइल फोटो
अ+ अ-

मकवानपुर। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा योग्य, इमान्दार र सक्षम युवा नेतृत्वलाई पाँच वर्ष निर्भिक भएर काम गर्ने अवसर प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

महामन्त्री बुर्लाकोटीले रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै राजनीतिक नेतृत्वमा सक्षम व्यक्ति हुनुहुन्छ भन्ने पार्टीमा कुनै समस्या उत्पन्न नहुने स्पष्ट पार्नुभयो ।

उहाँले मुलुकमा बढ्दो कुशासन, भ्रष्ट्राचारजन्य अपराधलाई कानुनी एवं राजनीति भूमिकाको नेतृत्वबाट नियन्त्रित गर्न सबै नेतृत्व तहमा पार्टीमा आज इमान्दारीको खाँचो परेको छ भन्नुभयो ।

महामन्त्री बुर्लाकोटीले विसं २०८४ हुने प्रदेशस्तर र स्थानीय निकाय निर्वाचनमा पार्टीको युवापुस्ताले निर्वाचनमा सहभागी हुन, जनप्रतिनिधिमा निर्वाचित हुनको लागि जनताको बीचमा पुग्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा स्थापना कालदेखि सक्रिय रहँदै आएको भए पनि नेता र कार्यकर्ताको बीच नेतृत्व तहको क्षमतामा सक्षम र इमान्दारी नरहे रास्वपाले जिम्मेवारी नदिनेतर्फ जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सदस्यहरू खगेन्द्र सुनार, समीक्षा बाँस्कोटा र गणेश पराजुलीले मुलुकमा सुशासनको दीर्घकालीन लक्ष्य प्राप्ति गर्ने र जनतालाई  विकास र आर्थिक समृद्धितर्फ आत्मनिर्भर बनाउन पार्टीले नवयुवाको योग्यता क्षमतालाई निर्वाचनको माध्यमबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोक जिल्लाको बाहेक १२ जिल्लाका करिब एक हजार प्रतिनिधि र प्रवेक्षकहरुको सहभागिता रहेको रास्वपा मकवानपुरका अध्यक्ष सञ्जय पाठकले राससलाई बताउनुभयो । रासस