२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ मा कांग्रेस महाधिवेशनको तयारी



अ+ अ-

जनकपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन् । यसका लागि सङ्घीय राजधानी काठमाडौँमा रहेका केन्द्रीय नेता जनकपुरधाम आइपुगेका छन् । 

प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सभापतिका लागि कांग्रेस रौतहट पार्टी सभापति कृष्ण यादव र प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिससक्नुभएको छ । 

निर्वाचन समितिले जनकपुरधामस्थित स्थानीय गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दाखिलाका लागि समय निर्धारण गरेको छ । यसअघि प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराउन विहान ८ बजेदेखि समय निर्धारण गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश २ संयोजन समितिका संयोजक रमेश रिजालले जानकारी दिनुभयो । मतदान बुधबार बिहानबाट हुने जनाएको छ ।  प्रदेश अधिवेशनको उद्घाटन भए पनि जिल्ला जिल्लामा प्रतिनिधि छनोट हुन नसकेको जनाउँदै महाधिवेशन पछि मात्रै प्रदेशमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुन लागेको छ ।  

प्रदेशका आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी एक हजार ९२० मतदाता रहेको जनाएको छ । यसमा केही केन्द्रीय सदस्य थप हुन सकिने बताइएको छ । रासस




भर्खरै