२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापा पनि सिटौला निवासमा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नवनियुक्त महामन्त्री गगन थापाले नेता कृष्णप्रसाद सिटौलालाई भेटेका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक हप्तापछि थापाले सिटौला निवास चण्डोल पुगेर आशिर्वाद मागेका छन् । 

पार्टीको १३औँ महाधिवेशनमा थापा र सिटौला एउटै समूह बनाएर महामन्त्री र सभापतिमा उठेका थिए । सो महाधिवेशनमा दुवै पराजित भएका थिए । त्यसपछि थापा रामचन्द्र पौडेलको संस्थापन इतर समूहमा लागेका थिए । 

१४औँ महाधिवेशनमा थापाले संस्थापन इतर समूहबाटै महामन्त्रीमा उम्मेदवारी दिएर विजयी भएका थिए भने सिटौला संस्थापन समूहसँग मिलेर प्रदीप पौडेललाई महामन्त्री पदमा उठाएका थिए । यद्यपि पौडेल पराजित भए । 

आजको भेटमा थापालाई सिटौलाले पार्टीलाई एक ढिक्का बनाएर लैजान सुझाव दिएको बताइएको छ । यस अघि आइतबार अर्का नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले सिटौलालाई भेटी आशिर्वाद मागेका थिए ।




भर्खरै