२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी: शहरी विकास मन्त्री झाँक्री (भिडियो)



अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताउनुभएको हो ।

विकास निर्माणको काम समयमै सम्पन्न गर्नका लागि योजना छनौट, स्रोतको सुनिश्चितता तथा निर्माण व्यवसायीको प्रभावकारीता र जवाफदेहिता अनिवार्य शर्त भएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीले गरेको कामको नियमन गर्नु सरकारको सम्बन्धित निकायको जिम्मेवारी भएको भन्दै मन्त्री झाक्रीले कानूनमा भएका विभिन्न छिद्रहरुका कारण सरकारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले खासगरी कुनैपनि आयोजनाका सन्दर्भमा समयमा सम्पन्न नहुने, ति आयोजनाहरु अलपत्र हुने, त्यसले दायित्व सिर्जना गर्ने, चालु रहेका छन् भनेपनि त्यसले टाइम र कष्टको ओभरल्याप हुने जस्ता विषयहरुलाई हामीले संवेदनशील ढंगले नै हेरेका छौँ । यसो गर्दै गर्दा केही कुराहरु सम्बोधन भएका छन् । तर केही कुराहरु अझैपनि ऐनमै संशोधन हुन आवश्यक भएको कारणले निर्माण व्यवसायको क्षेत्रमा हुने पुननिर्माण अथवा पुर्वाधारको विकास क्षेत्रमा हुने कामलाई ढिलो नहुनाकालागि हामीले गर्नुपर्ने थुप्रै कामहरु छन् ।

खासगरी नेपाल सरकारको साइडबाट योजना छनौटको कुरा, त्यसपछि नेपाल सरकारकै क्षेत्रबाट गरिने आयोजनालाई प्रभावकारी ढंगले सञ्चालन गर्न गरिने कामहरु, त्यसपछि त्यसको स्रोतको सुनिश्चितताका कुरा, निर्माण व्यवसायीहरुको प्रभावकारी र गुणस्तरीय काम र त्यसमाथिको नियमन यि कुराहरु अनिवार्य शर्त हुन् । तर हामीले अहिलेसम्म एक पक्षलाई मात्रै दोषारोपण गर्ने गरेका छौँ । मुलत्ः निर्माण व्यवसायीको प्रभावकारीता, जवाफदेहिता र त्यसमा गुणस्तरहिन कामको कुरा चाहीँ सर्वत्र आलोचनाको विषय छ । यसमा के गर्ने भन्ने कुरा नियमन गर्ने कुरा चाहीँ तत् तत् आयोजना सञ्चालन गर्ने नेपाल सरकारका युनिटहरुकै जिम्मेवारी हो ।

त्यसो गर्दैगर्दा हाम्रो कयौँ कानूनका यस्ता छिद्रहरु र त्यसलाई प्रभावकारी कार्यान्वयन नगर्ने, हाम्रा पनि संयन्त्रहरु प्रभावकारी नभएको कुरा साँचो हो । योजना छनौटदेखिका थुप्रै मिस्टेकहरु हामीसँग छन्, त्यसको सफर चाहीँ निर्माण व्यवसायी मात्रै होइन अन्तिममा लाभग्राही नेपाली जनता हुने हो र त्यसको प्रभावकारी लाभ लिने नेपाली जनता र त्यसको गुणस्तरीय जिवनको लाभ लिने नेपालका सबै नागरिकको त्यो अधिकारबाट हामीले पटक–पटक वञ्चित गरेका छौँ । त्यसकारण यस्ता विषयहरुमा छलफल गर्नुपर्छ भन्ने नै लाग्छ ।’मन्त्री झाक्रीले कुनैपनि आयोजना समयमा सम्पन्न नभई अलपत्र भएको विषयमा सरकारले संवेदनशील रुपमा हेरेको बताउनुभयो । आयोजनाको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायी प्रतिवद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।