२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई बालुवाटारमा शुभकामना दिनेको भीड (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएपछि उहाँलाई शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटारमा भीड लागेको छ ।

सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानमा सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ९०७ मतान्तरले पाराजित गर्दै विजयी हुनुभएको हो । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ५७४ मा देउवाले २ हजार ७२४ मत प्राप्त गर्नुभएको थियो भने डा कोइरालाले १ हजार ८१७ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३३ मत बदर भएको थियो ।

मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा शेखर कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो ।

बालुवाटारमा अहिले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नवनिर्वाचित सभापति देउवालाई बधाई तथा शुभकामना दिन फूलमालासहित बसेका छन् । महाधिवेशनमा भाग लिन मुलुकका विभिन्न स्थानबाट आएका महाधिवेशन प्रतिनिधिहरु घर फर्किनुअघि प्रधानमन्त्री निवास बालुवाटार पुगी बधाई तथा शुभकामना दिन पुगेका छन् ।




भर्खरै