२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटीका आखेटोपहार छुट्याइँदै



अ+ अ-

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयमा लथालिंग अवस्थामा रहेका वन्यजन्तुका हाडखोर, छाला, दाह्रालगायत आखेटोपहारको व्यवस्थापन गर्न थालिएको छ ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिको निर्देशनअनुसार समिति बनाएर व्यवस्थापनगर्न थालिएको हो ।

११ मन्त्रालय तथा निकाय सम्मिलित समितिले वन्यजन्तुका हरेक सद्दे आखेटोपहारको नाप, तौल, बारकोडसहित चिप्स राखेर व्यवस्थापन गरेको छ । माइक्रोचिप्सलाई नदेखिने गरी आखेटोपहारमा राखिएको छ । नारायणहिटीको फरासखाना (भोजका लागि प्रयोग हुने सामान राख्ने ठाउँ) मा रहेका आखेटोपहारको व्यवस्थापन आइतबारदेखि सुरु गरिएको समितिले जनाएको छ ।

‘संग्रहका लागि राख्न मिल्ने र नमिल्ने आखेटोपहार छुट्याउन खटिएका छौं,’ समिति संयोजक तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले भने, ‘हामीले छुट्याएपछि प्रतिवेदन बनाएर समिति (प्रत्यायोजित व्यवस्थापन) लाई दिन्छौं र समितिले जे निर्देशन दिन्छ,त्यहीअनुसार काम गर्ने छौं ।’

समितिले हाल बाघ, हात्ती, गैंडालगायत वन्यजन्तुका हड्डीजन्य पदार्थ छुट्याउने काम गरेको छ । वन्यजन्तुका छाला भने कतिपय कुहिएका, ढुसी लागेका र पानीले भिजेका छन् । हाल तिनलाई घाममा सुकाएर राखिएको छ ।

आखेटोपहार व्यवस्थापनका लागि ११ मन्त्रालय र निकाय पदाधिकारी, सेना, प्रहरीसहित दैनिक ३५ जना खटिएको जानकारी भट्टराईले दिए । प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण बिडारीले नारायणहिटीमा पुराना अभिलेख अध्ययन गर्न जाने क्रममा आखेटोपहारको दुर्गति देखेपछि व्यवस्थापन गर्ननिर्देशन दिइएको बताए ।‘निर्देशनअनुसार काम भएको छ भन्ने जानकारी आएपछि बिहीबार अनुगमन गर्न आएका हौं,’ बिडारीले भने, ‘हामीले हनुमानढोका र ग्यालरी बैठक (सिंहदरबार) का आखेटोपहार पनि संरक्षण गर्न भनेका छौं ।’

नारायणहिटी दरबार संग्रहालयका प्रमुख अद्वैतप्रकाश श्रेष्ठले आखेटोपहारको संरक्षण गरेपछि हानुमानढोका र ग्यालरी बैठकमा जाने तयारी गरिएको बताए । ‘छुट्याएर चिप्स लगाइएका आखेटोपहार अहिले दरबार संग्रहालयको स्टोरमा राखेका छौं,’ श्रेष्ठले भने, ‘यसपछि हनुमानढोका र ग्यालरी बैठकमा जान्छौं ।’ व्यवस्थापनमा जुटेको समितिले साउनभरिमा नारायणहिटीका आखेटोपहारलाई व्यवस्थित गर्ने जनाएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।