२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यु टावर अलपत्र पार्ने ठेकेदार भेटवालको यस्तो छ नयाँ धन्दा



अ+ अ-

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर निर्माणको ठेक्का पाएको निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालसहित चारजनाविरुद्ध हुन्डी कारोबार (विदेशी मुद्रा अपचलन) गरेको आरोपमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट र निशा गुरुङविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

हुन्डी गरी विदेशी विनिमय अपलचन गरेको अभियोगमा उनीहरूविरुद्ध विभागले चार करोड ६० लाख ४२ हजार रुपैयाँ बिगो दाबी गरेको छ । विभागले प्रतिवादी कायम गरेको गुरुङले भेटवालसँगको मिलेमतोमा सिंगापुरबाट आफन्त, साथी तथा अन्य व्यक्तिसँग मिलेर भ्यु टावरमा लगानी गर्ने नाममा रकम संकलन गरेकी थिइन् । त्यस्तो रकम विष्टद्वयको सहयोगमा भेटवालसँग मिलोमतो गरी प्रयोग तथा विभिन्न व्यक्तिलाई वितरण गरेको विभागको दाबी छ ।

गुरुङसमेत सञ्चालक रहेकी अभिताभ मल्टिप्रपोज प्रालिलगायत फर्मले कुनै कारोबार नगरेको देखाएर आन्तरिक राजस्व कार्यालयमा शून्य विवरण पेस गरेको थियो । तर, ती फर्महरूको बैंक खातामा व्यावसायिक आम्दानी भनी ठूलो मात्रामा नगद बारम्बार जम्मा गर्ने र निकाल्ने गरेको विभागको अनुसन्धानले देखाएको छ । विभागले गुरुङ संलग्न संस्थामा कार्यरत राजकुमार विष्टको साथबाट बरामद भएको रकम र चेक तथा भौचरबाट यसको भेउ पाएको थियो । विष्टबाट बरामद गरेको विभिन्न व्यक्तिको नामका खातामा जम्मा गरेको भौचरमा उल्लेख भएको रकमको स्रोत नखुलेको विभागले जनाएको छ ।

सिंगापुरमा रकम संकलन गरी विनाइजाजत गैरकानुनी बाटोबाट उक्त रकम भेटवालमार्फत भ्यु टावरमा लगानी गरेको तथा रकम विभिन्न व्यक्तिलाई वितरण गरेको विभागको दाबी छ ।

आरोपीबाट बरामद गरेको २६ लाख १५ हजार नेपाली रुपैयाँ, तीन थान चेकमा उल्लेखित ३४ लाख रुपैयाँ र प्रहरीले पेस गरेको एक सय चार थान विभिन्न बैंकका भौचरमा उल्लेख गरिएको चार करोड २७ हजार रुपैयाँसहित विभागले प्रतिवादीविरुद्ध चार करोड ६० लाख रुपैयाँ बिगो कायम गरेको हो ।

प्रतिवादीविरुद्ध विभागले विदेशी विनिमय ९नियमन गर्ने० ऐन, २०१९ बमोजिम बिगोको तीन गुणा सजाय, तीन वर्ष कैद सजाय र बरामद दशीसमेत जफत गर्न मागदाबी गरेको छ ।

ठेक्का लिएको काम छाडेर हुन्डी
भेटवाल सञ्चालक रहेको जलेश्वर स्वच्छन्द बिकोईले ०७२ मा भ्यु टावरको जिम्मा लिए पनि हालसम्म एक प्रतिशत पनि काम सम्पन्न गर्न सकेको छैन । काठमाडौं महानगरपालिकाले उक्त कम्पनीसँग पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी २२ चैत ०७१ मा २९ तलाको भ्यु टावरका लागि सम्झौता गरेको थियो । तर, अनेकौँ विवादबीच उक्त भ्यु टावर निर्माण अनिश्चित छ ।

त्यही कम्पनीले केही समयअघि खुलामञ्चमा अवैध सटर बनाई भाडामा दिने योजना बनाएको थियो । तर, चौतर्फी विरोधपछि काठमाडौं महानगरले सटर भत्काइदिएको थियो । निर्माण कम्पनीका सञ्चालकमाथि नै मुद्दा दायर भएपछि काठमाडौं भ्यु टावर अनिश्चित भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।