२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस फिर्ता गर्नेमा प्रहरी जवान धेरै



अ+ अ-

काठमाडौं । उपत्यकामा प्रहरीले घुस दिने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाउन थालेको छ । यो अभियानअन्तर्गत १० महिनामा घुस फिर्ता गर्नेमा सिपाहीको संख्या धेरै छ । गत वर्ष असोजदेखि असारसम्मको १० महिनाको अवधिमा एक सय ४७ प्रहरीले घुस फिर्ता गरेको महानगरीय प्रहरी कार्यालयको तथ्यांक छ ।

जसमा सबैभन्दा धेरै प्रहरी जवान छन् । यो अवधिमा ६२ जना जवानले घुस फिर्ता गरेको महानगरीय प्रहरी कार्यालयका आयुक्त डिआइजी सैलेश थापा क्षेत्रीले बताए । त्यस्तै, ४० असइ, २५ हवल्दार, १६ सइ, दुई इन्स्पेक्टर र दुई डिएसपीले घुस फिर्ता गरेका छन् ।

कुनै गल्ती गरेपछि प्रहरीलाई घुस दिएर उन्मुक्ति पाइन्छ भन्ने सोच बदल्न उनीहरूलाई पक्राउ गरेर मुद्दा नै चलाउन थालिएको प्रहरीले जनाएको छ । उनीहरूलाई तीन सातासम्म थुनामा राखेर प्रहरीले जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाउने गरेको छ । धेरैजसो घटनामा ट्राफिक नियम मिचेपछि कारबाही नगर्न भन्दै सवारीचालकहरूले घुस दिने गरेका छन् ।

प्रहरीले दुई सयदेखि तीन लाख ५० हजार रुपैयाँसम्म घुस बरामद गरेको छ । चार महिनाअघि स्वयम्भु प्रहरीलाई तस्करीको सामानसहित पक्राउ परेका व्यक्ति छुटाउन तीन लाख ५० हजार घुस दिइएको थियो । जुन मुद्दामा अख्तियारले समेत अनुसन्धान गरी मुद्दा दायर गरेको थियो ।

यस अवधिमा एक सय ५७ जनालाई घुस दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । डिआइजी क्षेत्री गत असोजमा महानगरीय प्रहरी कार्यालयमा सरुवा भएपछि प्रहरीभित्र शुद्धीकरण गरी प्रहरीप्रतिको नागरिकको दृष्टिकोण परिवर्तन गर्न यस्तो अभियान सुरु गरेका हुन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।