२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले बनाएछ २५ वटा कानुन



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आ.व. २०७५/०७६ मा २५ वटा स्थानीय कानुन बनाई कार्यान्वयनमा ल्याएको छ ।

ती कानुनहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि), सार्वजनिक निजी साझेदारी तथा लगानी, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, सवारी तथा यातायात व्यवस्थापन, शिक्षा, सार्वजनिक खरिद र विवाद निरुपण ऐन, (२०७५) लगायत छन् ।

उक्त महानगरपालिकाले ती कानुनहरू बनाउनुका अतिरिक्त अन्य विभिन्न कार्यलाई व्यवस्थित रुपमा अघि बढाइरहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र खोली मेलमिलाप हुने प्रकृतिका विवाद वडास्तरमै सल्ट्याउने, महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन प्रवर्धन गर्न सहरी क्षेत्रको झण्डै १ सय ६० स्थानमा करिब ५ करोड लगानीमा महानगरीय प्रहरीको सहकार्यमा मुख्य–मुख्य चोकहरुमा सिसिटिभी क्यामरासहितको ट्राफिक लाइट राख्ने जस्ता कार्यहरूले निरन्तरता पाएका छन् ।

यस्तै बिकास प्रारुपलाई बिकेन्द्रीकरण गर्नका लागि वडा कार्यालयबाट नै वडास्तरीय विकास योजना सञ्चालन गराउन जनसंख्या, क्षेत्रफल, कर परिचालन र विकास गरी तीन आधारमा वर्गीकरण गरिएको छ ।
महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गाको पहिचान गर्ने, अतिक्रमण रोकी संरक्षण गर्ने र छिमेकी नगरलाई हरियाली, खुलाक्षेत्र संरक्षण र पार्क निर्माण गरी ती वडालाई बिकासमा साथसाथै लैजान नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत १० वटा नगरपालिकालाई १÷१ करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।

यसका लागि मेयर बिद्यासुन्दर शाक्यको संयोजकत्वमा उपत्यकाका २ वटै जिल्लाका प्रमुख र उपप्रमुख सदस्य रहेको उपत्यका नगरपालिका फोरम गठन गरिएको थियो ।


प्रवक्ता डंगोलले कमलपोखरी संरक्षण, शंखपार्क गुरुयोजना र चेस पार्कको डिजाइन तयार गरी कार्यान्वयनमा ल्याउनु, ४७ वटा परियोजनाको सर्भे, डिजाइन, ड्रइङ्ग र इस्टिमेट तयार पार्नु, मेयर उज्यालो कार्यक्रमअन्तर्गत करिव १५ हजार स्मार्ट सडक वत्ती जडान गर्नु र न्युरोड र दरबारमार्ग क्षेत्रमा स्मार्ट पार्किङ्ग सञ्चालन सुरुवात गर्नु गत वर्षका महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

यसैगरी कामनपाले काष्ठमण्डप र रानीपोखरी पुननिर्माण, इन्द्रायणी, कंकेश्वरी, लखतीर्थ, पचली भैरब, कोटेश्वर भगवती मन्दिर, हनुमानढोकादेखि स्वयम्भुसम्मको सम्पदा पदमार्गको विकास, संरक्षण, सम्वर्धन र प्रबर्धनको बृहत गुरुयोजना बनाउन भ्याएको छ ।

महानगर क्षेत्रभित्र रहेका ऐतिहासिक पोखरी र ढुंगेधाराको तथ्याङ्क संकलन, युरो–४ मापदण्डका २० वटासहित गरी ५१ वटा ठूला बस ल्याउन १५ करोड रुपैयाँ लगानी भएको छ भने महानगरभित्रका ७५ बर्ष उमेरका महिला र ८० बर्षका पुरुष वरिष्ठ ज्येष्ठ नागरिकलाई महानगर बिशेष भत्तावापत बार्षिक १२ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सरकारको योजनाअनुसार घर–घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउनु, उनीहरूलाई नियमित र निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्नु, परिचयपत्र भएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई साझा बसमा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाउनु महानगरको अर्को महत्वपूर्ण उपलव्धी भएको कामनपाको दावी छ ।

कामनपाले गत आवमा अत्याधुनिक प्रविधिजडित १० वटा एम्बुलेन्स, मनोरोगी, असहाय, अशक्तको संरक्षण र उद्धार प्रयोजनका लागि मानव सेवा आश्रमलाई २० लाख रुपैयाँ प्रदान, सहरलाई क्रमशः नो मास्क सिटिका रुपमा विकास गर्न ५ वटा अत्याधुनिक बु्रमर खरिद गरेको छ भने २ वटा बु्रमर खरिद गर्ने प्रक्रिया अघि बढाएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।