
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवासलगायतका सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफियामाथि कारबाही गरेरै छाड्ने दाबी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार बुझाएको ज्ञापनपत्र बुझदै ओलीले अतिक्रमित सरकारी जग्गा सरकारले विधि पुर्याएर फिर्ता गर्ने बताए ।
उनले ललिता निवासको जग्गा अतिक्रमणको छानबिन आफ्नो सरकारले सुरु गरे पनि उल्टै कतिपयले यही सरकारमाथि जग्गा हडपेको भनी झूटो आरोप लगाउन थालेको भन्दै आपत्ति जनाए । ‘ललिता निवासको जग्गाको छानबिन वर्तमान सरकारले थालेको हो,’ उनले भने, ‘योभन्दा अघिका सरकारहरू के हेरेर बसेका थिए रु त्यतिबेला सरकारमा बसेका मान्छे नै अहिले ठूला–ठूला कुरा गरिरहेका छन् ।’
प्रधानमन्त्री ओलीले आफ्नोसरकारको कार्यकालमा मुलुकमा भ्रष्टाचार बढेको नभई भ्रष्टाचारी पक्राउ पर्ने क्रम बढेको दाबीसमेत गरे । राष्ट्रिय जनमोर्चाको प्रतिनिधिमण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्रीसमक्ष माग गरेको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।












