२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भूमाफियालाई कारबाही गरेरै छाड्छु’



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवासलगायतका सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफियामाथि कारबाही गरेरै छाड्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार बुझाएको ज्ञापनपत्र बुझदै ओलीले अतिक्रमित सरकारी जग्गा सरकारले विधि पुर्‍याएर फिर्ता गर्ने बताए ।

उनले ललिता निवासको जग्गा अतिक्रमणको छानबिन आफ्नो सरकारले सुरु गरे पनि उल्टै कतिपयले यही सरकारमाथि जग्गा हडपेको भनी झूटो आरोप लगाउन थालेको भन्दै आपत्ति जनाए । ‘ललिता निवासको जग्गाको छानबिन वर्तमान सरकारले थालेको हो,’ उनले भने, ‘योभन्दा अघिका सरकारहरू के हेरेर बसेका थिए रु त्यतिबेला सरकारमा बसेका मान्छे नै अहिले ठूला–ठूला कुरा गरिरहेका छन् ।’

प्रधानमन्त्री ओलीले आफ्नोसरकारको कार्यकालमा मुलुकमा भ्रष्टाचार बढेको नभई भ्रष्टाचारी पक्राउ पर्ने क्रम बढेको दाबीसमेत गरे । राष्ट्रिय जनमोर्चाको प्रतिनिधिमण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्रीसमक्ष माग गरेको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।