२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्यो यस्तो निर्णय, भारत र चीनको सीमामा सशस्त्रका २० पोस्ट



अ+ अ-

काठमाडौं । भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको छ ।

चीनसँगको सीमामा चार बिओपी स्थापना हुनेछन् । दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र सोलुखुम्बुको किमाथांकामा सशस्त्र प्रहरीले बिओपी स्थापना गर्नेछ । भौगोलिक रूपमा निकै कठिन भएकाले विस्तृत तयारी गरेर चार नाकामा बिओपी स्थापना गर्न लागिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए ।

लिपुलेकमा बिओपी स्थापना गर्नुलाई महत्वपूर्ण मानिएको छ । दुई वर्षअघि भारत र चीनले नेपालको जानकारीविनै नेपालको भू–भाग पर्ने लिपुलेकमा पारवहन सम्झौता गरेका थिए । सो क्षेत्रमा भारत र चीन दुवै देशले नेपालको सीमा मिचेको रिपोर्ट गृह मन्त्रालयमा आएको छ । चीनसँगका अन्य नाकामा पनि आपराधिक घटना बढेपछि प्रहरीको उपस्थिति बढाउन लागिएको हो । ‘यस वर्ष २० देखि २५ वटा बिओपी थप्ने हाम्रो योजना छ,’ उनले भने, ‘थप बिओपी भारतसँगको सीमा क्षेत्रमा स्थापना हुनेछन् ।’

गत आर्थिक वर्ष ०७५/७६ मा सशस्त्रले सीमामा २० बिओपी थपेर ८७ बाट एक सय सातवटा पुर्‍याएको छ । नेपाल र भारतीबीच एक हजार सात सय ५१ किलोमिटर लामो सीमा छ । जहाँ भारतको सशस्त्र सीमा बलको पाँच सय ११ बोर्डर पोस्ट छन् । भारतको तुलनामा सीमामा नेपालको उपस्थिति निकै कमजोर छ । गत साता गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव नारायण शर्मा दुवाडीले हरेक आठ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको कार्यालय राख्ने गरी सीमा सुरक्षाको योजना अघि बढाइएको बताएका थिए । जसका लागि करिब दुई सय १८ बीओपी आवश्यक पर्छ । हाल १६ किलोमिटरको फरकमा बीओपी छन् । बीओपीका लागि छुट्टै दरबन्दी आवश्यकता नपर्ने भएकाले कार्यालय खडा गरी जिल्लाका गण तथा गुल्मबाट खटाउन थालिएको छ ।

देशैभरका गणपति र गुल्मपति फेरिए
सशस्त्र प्रहरीका देशैभरका गण तथा गुल्मका प्रमुखहरू फेरिएका छन् । गणमा एसपी तथा गुल्ममा डीएसपीको कमान्ड हुन्छ । नयाँ आर्थिक वर्षसँगै गण र गुल्मपति फेरिएका हुन् । सशस्त्रले एक सय ५१ डीएसपी तथा ६२ एसपीको सरुवा गरी देशभरिका कार्यालय प्रमुखहरूको हेरफेर गरेको हो । गत वर्ष नै सशस्त्र प्रहरीले ७७ जिल्लामै आफ्नो कार्यालय स्थापना गरिसकेको छ ।

गणपति तथा गुल्मपतिका रुपमा सरुवा भएका एसपी र डीएसपीलाई अनुशिक्षण तालिमसमेत दिन थालिएको छ । तालिमका क्रममा योजना बनाएर काम गर्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले निर्देशन दिएका छन् । अनुशिक्षण कार्यक्रमको समापनका अवसरमा खनालले संगठनले ‘पफर्मेन्स बेस’ सरुवा बढुवा गर्ने उल्लेख गर्दै युनिट कमान्डरको रुपमा खटिएका अधिकृतहरूले आफ्नो कार्ययोजना तयार गरी अगाडि बढ्नुपर्ने र सोहीबमोजिम संगठनले मूल्यांकन गर्ने बताएका छन् ।

‘युनिट कमान्डरको रुपमा संगठनले तपाईहरूलाई अवसर प्रदान गरेको छ, अब तपाईहरूले त्यो अवसरलाई चुनौतीको रुपमा लिएर उत्कृष्ट कार्य गर्नुपर्छ,’ उनले भने । सशस्त्र प्रहरीका इन्चार्जहरूलाई व्यावसायिक बनाउन यस्तो तालिम सुरु गरिएको प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।