२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा घट्यो यस्तो घटना, प्रहरीको अनुसन्धान जारी



अ+ अ-

मोरङ । बलात्कारको घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर मिलापत्र गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । रंगेली–९ संखुवाथानकी एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २० मा बलात्कार गरेको अलि ढिला खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए ।

स्थानीय २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारी र २३ वर्षीय सविन चौधरीमाथि किशोरीलाई ललाइफकाई सामूहिक बलात्कार गरेको आरोप छ । घटना बाहिरिएपछि गाउँमै समाजको पञ्चायत बसेर स्थानीयले असार २६ मा मिलापत्र गराएका थिए । रोमनका बाबु चेतबहादुर मगरलाई किशोरीको उपचारका लागि १ लाख ५० हजार रुपैयाँ साउन ६ भित्र दिनुपर्ने भन्दै सहीछाप गराएर पञ्चले घटनामिलापत्र गराएका थिए ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख कार्कीले बलात्कारको घटनामा मिलापत्र भएको ढिला जानकारीमा आएको बताए । ‘घटनामा संलग्न तीनमध्ये दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘रोमन र प्रिन्स पक्राउ परेका छन्, फरार रहेका सविनको खोजी भइरहेको छ ।’ बलात्कार जस्तो जघन्य अपराधको घटना मिलापत्र गराउनेहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन छानबिन भइरहेको उनले बताए । ‘बलात्कार जघन्य अपराध हो । त्यसमाथि यो घटना पीडित अशक्त किशोरी हुन्,’ उनले भने, ‘संलग्नमाथि त कारबाही हुन्छ नै, मिलापत्र गराउनेहरू जोसुकै भए पनि छानबिन गरेर कानुनी दायरामा ल्याउँछौं ।’ संलग्नमध्ये कसैले पनि छुट नपाउने उनले बताए ।

पञ्चायतले तोकेको रकम चेतबहादुरले पीडित पक्षलाई दिइनसकेको खुलेको छ । आमाले छाडेर गएकी र बाबुले बेवास्ता गरेपछि किशोरी आफन्तको घरमा बस्दै आएकी थिइन् ।उनलाई उपचारपछि विराटनगरस्थित एक सामाजिक संस्थाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।