२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरणमा फेरी बोले गृहमन्त्री, कसलाई भने दोषि ?



अ+ अ-

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा दिलीप विष्ट संलग्न भएको आधार मिलेको दाबी गृहमन्त्री रामबहादुर थापाले सोमबार संसदीय समिति बैठकमा गरेका छन् ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘सबै विषय (प्रमाण) हेर्दा दिलीप विष्ट नै दोषी हो कि भन्ने देखिन्छ, डीएनए म्याच नभएपछि विष्ट रिहा भए, अरू सबै चिजले म्याच गर्छ, तर पनि हाम्रो अनुसन्धान जारी छ ।’

उनले हाई प्रोफाइललाई जोगाउन अरूलाई फसाएको भन्ने आरोपमा सत्यता नरहेको उल्लेख गर्दै अनुसन्धानका क्रममा सयौंलाई बोलाइएको उल्लेख गरे । ‘अब हामी नयाँ सूत्र र प्रक्रिया प्रयोग गरेर अनुसन्धान गर्छौं,’ गृहमन्त्रीले भने । २०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । उनको हत्यापछि आधा दर्जन समिति, शंकास्पद भनिएका ५ सय २९ जनासँग बयान र ७३ जनाको डीएनए परीक्षण भइसकेको छ ।

सरकारले गत वर्ष आश्वासन दिएका विषय के कहाँ पुगेका छन् भनेर समितिले ९ वटा प्रश्नको जवाफ दिन गृहमन्त्री थापालाई बोलाएको थियो । समितिले ‘निर्मला हत्या, छाउपडी प्रथा हटाउने कानुनको प्रभावकारिता, विपद् जोखिम न्यूनीकरणका लागि प्राधिकरण किन गठन हुन सकेन ? पूर्वराजदूत केशव झाको हत्याको छानबिन के भयो ’ भन्ने प्रश्न सोधेको थियो । समितिमा गृहमन्त्रीलाई सांसद निरुदेवी पालमाथि भएको आक्रमण, स्वयम्भूमा गत वर्ष भदौ १४ गते बागलुङ बुर्तिबाङका २२ वर्षीय संगीन जीसीको हत्या, गृहले उपलब्ध गराउने आर्थिक सहायताको पारदर्शिताबारे पनि सोधिएको थियो ।

निर्मला प्रकरणमा अपराधी पत्ता लगाउन प्रहरी लागिरहेको जवाफ गृहमन्त्री थापाले दिएका थिए । ‘कञ्चनपुर घटनाको विस्तृत विवरण सदन (समिति) लाई उपलब्ध गराउँछु, यो अनुसन्धान प्रक्रियामा भएकाले सार्वजनिक नगरिदिन समितिलाई आग्रह छ,’ उनले भने ।

पूर्वराजदूत झाको काठमाडौं थापाथलीमा भएको हत्या र सांसद पालमाथिको आक्रमणका दोषीमाथि अनुसन्धान जारी रहेको उनले जनाए । फ्रान्सका लागि नेपालका पूर्वराजदूत ८० वर्षीय झाको गत भदौ ४ मा थापाथालीस्थित आफ्नै निवासमा चक्कु प्रहार गरी हत्या भएको थियो । सांसद पाललाई गत वर्ष साउन १५ गते राति ८ बजे बानेश्वरस्थित निवासबाट दूध किन्न निस्केका बेला अज्ञात बन्दुकधारीले पेस्तोल देखाएर धम्काएको र मोबाइल लुटेको घटना सार्वजनिक भएको थियो ।

समिति सदस्य विन्दादेवी राना, राधेश्याम अधिकारी, चन्दबहादुर खडकाले अपराध अनुसन्धान फितलो भएको, राहत तथा उद्धार समिति गठन ढिलाइ भएको आरोप लगाएका थिए । समिति सभापति रामनारायण विडारीले सरकारले गत वर्ष आश्वासन दिएका विषयमा यो वर्ष र यो वर्ष आश्वासन दिएका विषय अर्को वर्षसमेत जवाफ मागिने बताए ।

गृहमन्त्री थापाले विपद् जोखिम तथा न्यूनीकरण व्यवस्थापनका लागि राष्ट्रिय प्राधिकरण गठन तयारी भएको बताए । ‘पहिला नियमावली नभएर ढिला भयो, अहिले निमयावली आएर पनि ढिला भएको छ,’ उनले भने, ‘अब एकरदुई महिनामा प्राधिकरण गठन गर्छौं ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै