२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार नेप्से परिसूचक तीन अङ्कले वृद्धि



अ+ अ-

काठमाडौं । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ ।

कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ । आज कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर रु ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए । आइतबार कुल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा कारोबार भएको थियो ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ४.१६, जीवन बीमा १५.७९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । यस्तै होटल उपसमुहको कारोवारका बारेमा भने कुनै विवरण उल्लेख छैन । बैंकिङ २.५९, विकास बैंक ३.७८, जलविद्युत् १.४८, वित्त ५.१९, निर्जीवन बीमा १.३४, अन्य २.२ र लघुवित्त २३.४ विन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज युनाइटेड इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख ६६ हजार ४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै प्रभु बैंक रु दुई करोड २३ लाख ७९ हजार ३८७, साना किसान विकास बैंक रु दुई करोड नौ लाख तीन हजार ६३१, शिवम् सिमेन्ट रु एक करोड ८४ लाख १७ हजार ७८, कृषि विकास बैंक रु एक करोड ५२ लाख ५२ हजार ७१२ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ३५ लाख ४१ हजार ६०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज दश प्रतिशतले कमाए । सिर्जना फाइनान्स वित्तीय संस्था ९.७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.३४, स्पर्श लघुवित्त वित्तीय संस्था ८.७३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ७.०६, गुराँस लघुवित्त वित्तीय संस्था ६.४८ र आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.२२ प्रतिशतले कमाएका छन् ।

यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.८४, यूनिभर्सल पावर कम्पनी ३.२९, सिनर्जी पावर ३.२९, युनाइटेड इन्स्योरेन्स कम्पनी २.६३, र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।




भर्खरै