२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनको मिति तोक्न कांग्रेस केन्द्रीय सदस्यहरुको दबाब



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेण्डाको रुपमा छलफल हुदै आएको छ।

केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालिन व्यवस्था अनुसारको संरचना बनाउने र केही समय पछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् भने केहीले महाधिवेशन समयमै गर्नुपर्ने तर्क गरेका छन्। साथै केही सदस्यले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दे विधान विपरित कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरि क्यालेन्डर बनाई अघि बढ्नुपर्ने धारणा राखेका छन्। प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाई १४ औ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफ केन्द्रीत भएपनि निष्कर्षमा भने पुगिनसकिएको बताए।

केन्द्रीय सदस्य अर्जुन नरसिं केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताए। उनले संक्रमणकालिन व्यवस्थाको नाममा भर्रखरै बनाएको विधानलाई निलम्बित गरेर विधान विपरित कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताए।

असार २२ गते देखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिदै चल्दै आएको छ। बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये नियमावलिको एजेण्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमति पुर्वक टुंग्याउने गरि नियमावलि मस्यौदा समितिलाई नै फिर्ता पठाइसकेको छ। प्रवक्ता शर्माले महाधिवेशनको विषय टुंगो लागेपछि बाकी एजेण्डामा संयुक्त छलफल गरिने बताको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।




भर्खरै