२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको ‘शून्य समय’ सुन्नमै सीमित



अ+ अ-

काठमाडौँ । जेठ २३ गते सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले सदनको शून्य समय ‘सुन्ने’मा मात्र सीमित भएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ ।

आफूले पाएको एक मिनेटको समयमा सरकारप्रति कटाक्ष गर्दै सांसद खतिवडाले भन्नुभयो, “आशय मनशाय शून्य समयमा सांसदले उठाएका आवाज सरकारले सुन्ने हो । गल्तीवश नियमावलीमा अङ्क गणितको शून्य समय भएछ । शून्यमै यो हराएझैं लाग्यो तर शून्य पनि शक्तिशाली छ । एउटा सहारा पाएमा शक्तिशाली हुन्छ । सभामुख सहारा भएर उभिदिनुस् हामी एक एक सुन्ना थपेर १० गुणा शक्तिशाली हुन्छौँ, त्यसपछि शून्य समयको अर्थ होला ।”

सभामुखको प्रभावकारी भूमिकाको अपेक्षा र सरकारबाट जवाफ नपाएको गुनासो गर्नेमा सांसद खतिवडा एक्लो हुनुहुन्न । सदनको शून्य तथा विशेष समयमा उठाइएका जिज्ञासामा जवाफ नपाएको भन्दै धेरै सांसदको गुनासो छ । कतिपय सांसद सरकारको जवाफ जिम्मेवारीपूर्ण नभएको आरोपसमेत लगाउनुहुन्छ ।

सदन दैनिक कार्यसूचीमा प्रवेशअघि सांसदलाई आफ्ना निर्वाचन क्षेत्र तथा सार्वजनिक चासोका विषयमा एक मिनेटभित्र धारणा राख्ने समय दिइन्छ । यसलाई बोलीचालीमा शून्य समय भनिन्छ । वर्णानुक्रमअनुसार बोल्न पाइने उक्त समयलाई ‘संसदीय अभ्यासको सुन्दरता’ पनि मानिन्छ । तर पछिल्लो समय शून्य तथा विशेष समयमा उठेका विषयमा सरकारले नियमावलीले निर्दिष्ट गरेको समयमा जवाफ दिने क्रम भने निकै न्यून छ ।

प्रतिनिधिसभाको चालू अधिवेशनमा साउन ८ गतेसम्म ३९ बैठक बसेका छन् । कुल ३९ मध्ये २१ बैठकमा शून्य समय सञ्चालन गरिएको छ । वैशाख १६ गतेबाट सुरु भएको चालू अधिवेशनमा जेठ ६ बाट शून्य समय चलाइएको हो ।

विशेष र ‘ढ्यापढ्यापे समय’मा पनि प्रशस्त ध्यानाकर्षण हुने गरेका छन्, जसमा प्रत्येक बैठकमा औसत १० भन्दा बढी सांसदले धारणा राख्नुभएको छ । राष्ट्रिय महत्वका विषयमा बाहेक मन्त्रालयगत तथा निर्वाचन क्षेत्रका जिज्ञासाका सम्बन्धमा जवाफ नपाएको सांसदको भनाइ छ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सांसद अतहर कमाल मुसलमान धेरै विषयमा जवाफ प्राप्त नभएको बताउनुहुन्छ । जवाफ पाएका विषयमा पनि जिम्मेवारीबोध नभएको टिप्पणी मुसलमानको छ । सांसद मुसलमान भन्नुहुन्छ, “नियमित प्रक्रियामा जवाफ दिने प्रचलनमा केहीमा जवाफ पाइएको छ, सार्वजनिक महत्वका कतिपय विषयमा दिइएको जवाफमा जिम्मेवारीपन छैन, नियमितता पनि छैन । प्रश्न आयो, गोलमोटल जवाफ दिऔँ भन्ने मात्र देखिन्छ । ”

तर, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद यशोदा गुरुङ सुुवेदी शून्य विशेष समयमा उठाएका विषय सम्बोधन हुने वा नहुने विषयवस्तुमा पनि निर्भर हुने बताउनुहुन्छ । सुवेदीले कतिपय अवस्थामा तत्कालै सरकारबाट प्राथमिकता दिइने गरिएको पनि बताउनुभयो । नीतिगत विषयमा भने कार्यान्वयन अभाव रहेको उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “विषयको गम्भीरता हेरेर कतिपयमा सरकारले जवाफ र सम्बोधन पनि भएको छ तर नीतिगत विषयमा कार्यान्वयन कमजोर छ । योजना, बाटोघाटोका विषयमा तत्काल सम्बोधन नभएका पनि छन् । जस्तो दुर्गममा डाक्टर पठाइयोस् भनिएको हुन्छ । कहिले सम्बोधन भएका छन् । कतिपय अवस्थामा लामो समयसम्म पनि भएका छैनन् । विषयवस्तुको गम्भीरतामा पनि धेरै निर्भर रहेजस्तो देखिन्छ । ”
शून्य र विशेष समयमा सांसदले उठाएका प्रश्नको टिपोटका लागि मन्त्रालयबाट प्रतिनिधिसमेत खटिने गरेका छन् । विभागीय मन्त्रालयमा टिपोट बुझाइए पनि जवाफमा भने शीघ्रता छैन । संसद्मा दर्ता भएका लिखित प्रश्नको जवाफ पनि चालू अधिवेशनमा सुरु भएको छैन । असार ३० बाट प्रश्नोत्तर सुरुआत गर्ने गरी कार्यसूची तय भए पनि प्रमुख विपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण अगाडि बढ्न नसकेको हो ।

के छ नियमावलीमा ?
सदनमा शून्य विशेष समयमा सांसदले उठाएका विषयमा जवाफ पाउन मुस्किल भएपछि प्रतिनिधिसभा नियमावली मस्यौदाका क्रममा जवाफ दिने समय तोकियो । मस्यौदामा सुरुआतमा तीन दिनभित्र अनिवार्य रूपमा जवाफ दिनुपर्ने व्यवस्था राखिए पनि पारितका क्रममा पाँच दिनको समय तोकिएको छ । पाँच दिनभित्र सभामुखमार्फत जवाफ दिनुपर्ने व्यवस्था नियमावलीमा उल्लेख छ ।

तर, तोकिएको समयमा शून्य विशेष समयमा सांसदले उठाएका विषयमा सीमितबाहेक कुनै पनि विभागीय मन्त्रीले जवाफ दिनुभएको छैन । शान्तिसुरक्षा तथा विपद्का घटनामा गृहमन्त्री रामबहादुर थापाले चालू अधिवेशनमा पटक पटक जवाफ दिनुभएको छ । यस्तै गुठी विधेयकको विरोधपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जवाफ दिनुभएको छ । अन्य मन्त्रीहरूले शून्य समयमा उठाइएका विषयमा केन्द्रित रहेर जवाफ दिनुभएको छैन ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै