२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको तीन करोड बैंकमा, ६ महिनाको ब्याज हरायो



अ+ अ-

काठमाडौं । पदाधिकारीहरूको लापरबाहीका कारण अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई ६ महिनामा साढे १८ लाख नोक्सान भएको छ । सिभिल बैंकमा राखेको तीन करोड १० लाख ५९ हजार पाँच सय रुपैयाँको मुद्दती खाता व्यवस्थित नगर्दा ब्याजबाट आम्दानी हुने १८ लाख ६३ हजार ५ सय ७१ रुपैयाँ गुमेको हो ।

एन्फाले १२ प्रतिशत ब्याजदरमा सिभिल बैंकमा राखेको रकम १० वैशाख ०७५ मा परिपक्व (मेच्योर्ड) भएको थियो । एन्फा पदाधिकारीहरूले ६ महिनासम्म त्यसमा चासो नै दिएनन् । जसले गर्दा मुद्दती खाता साधारण बचत खातामा रूपान्तरण भयो र १२ प्रतिशतका दरले आउनुपर्ने ब्याज दुई प्रतिशतका दरले मात्रै प्राप्त भयो । एन्फाको खाता अध्यक्ष, महासचिव र कोषाध्यक्षको नाममा हुन्छ ।

एन्फाको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा पदाधिकारीको लापरबाहीका कारण संस्थालाई छोटो समयमा ठूलोे नोक्सान भएको उल्लेख छ । ‘सिभिल बैंकमा १२ प्रतिशत ब्याज रहेको मुद्दती रकम तीन करोड १० लाख ५९ हजार ५ सय ३० रुपैयाँको ०७५ वैशाखदेखि असोजसम्म ब्याज आम्दानी भएको छैन । एन्फाले नगद व्यवस्थापन उचित रूपमा र समयमा नगर्दा यो एउटा व्यवस्थापनमा मात्र दश प्रतिशत ब्याजको मात्रै हिसाब गर्दा पनि मासिक दुई लाख ५८ हजार आठ सय ३० रुपैयाँ नोक्सान हुन गएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

नेपाली खेल संघका लागि यो ठूलो रकम हो । कतिपय खेल संघको वार्षिक बजेटसमेत यति हुँदैन । आन्तरिक लेखापरीक्षणमा संलग्न एन्फाका एक पदाधिकारीले नेतृत्वको कमजोरीका कारण ठूलो रकम गुमेको बताए । ‘१० वैशाख ०७५ देखि १३ कात्तिकसम्म सिभिल बैंकमा रहेको तीन करोड रुपैयाँको ब्याज एन्फाको खातामा जम्मा भएको छैन,’ ती पदाधिकारीले भने, ‘नेतृत्वले हेलचेक्र्याइँ नगरेको भए त्यति ठूलो रकम गुम्ने थिएन ।’

नेतृत्व भन्छ– थाहा छैन
एन्फाका पदाधिकारीले भने संस्थालाई भएको नोक्सानीबारे जानकारी नभएको दाबी गरेका छन् । ‘यो विषयमा मलाई केही थाहा छैन । बुझेपछि मात्रै केही भन्न सक्छु,’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने । महासचिव इन्द्रमान तुलाधर र कोषाध्यक्ष रवीन्द्र जोशीले पनि ब्याज रकम नआएकोबारे आफूहरूलाई जानकारी नभएको बताए ।

कम ब्याजदर पाउने गरी नबिलमा सारियो खाता
एन्फा पदाधिकारीहरूले संस्थालाई घाटा हुने गरी बैंक खाता सारेका छन् । १२ प्रतिशत ब्याज दिइरहेको सिभिल बैंकबाट सबै रकम झिकेर १० प्रतिशत ब्याज पाउने गरी नबिल बैंकमा रकम जम्मा गरिएको छ । गत १३ कात्तिकमा नबिलमा मुद्दती खाता खोली तीन करोड १० लाख ५९ हजार पाँच सय रकम जम्मा गरिएको छ । नबिलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अनिल शाह एन्फाका सल्लाहकार पनि हुन् । कम ब्याज पाउने गरी खाता सारेको विषयमा पनि लेखापरीक्षण प्रतिवेदनमा प्रश्न गरिएको छ । ‘बैंक ब्याज आम्दानीमा बैंकहरूले प्रदान गर्ने ब्याजको दररेट माग गरी सबैभन्दा बढी ब्याज दिने बैंकमा रकम डिपोजिट गरेको पाइएन, १३ कात्तिक ०७५ मा १० प्रतिशत ब्याजमा नबिलमा खाता सारिएको जानकारी प्राप्त भएको छ,’ प्रतिवेदनमा उल्लेख छ । दुई प्रतिशत कम ब्याजदरमा नबिलमा रकम राख्दा एन्फालाई मासिक ५१ हजार ७ सय ६५ रुपैयाँ घाटा भइरहेको छ ।

एन्फाले शाहलाई २ असोज ०७५ मा सल्लाहकार नियुक्त गरेको थियो । नबिल बैंकको कार्यालयमै पुगेर शाहलाई सल्लाहकार नियुक्त गरेको पत्र एन्फा नेतृत्वले हस्तान्तरण गरेको थियो । १३ कात्तिकमा एन्फाले आफ्नो खातामा रहेको तीन करोड १० लाख ५९ हजार पाँच सय ३० रुपैयाँ नबिलमा मुद्दती खाता खोलेर राखेको थियो ।

एन्फा प्रवक्ता किरण राईले गलत नियतले नबिलमा रकम नसारिएको बताए । ‘धेरै बैंकमा खाता हुँदा काम गर्न मुस्किल हुन्छ । त्यसैले थोरै बैंकमा मात्रै खाता राख्ने निर्णय भएको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘सोही निर्णयअनुसार नबिलमा खाता राखिएको हो । यसमा अन्य कुनै स्वार्थ छैन ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै