२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन बनेको एक बर्षपछि लागू गर्ने



अ+ अ-

काठमाडौ‌ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक बर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ ।

विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युट को हकका लागि एक वर्ष र नयँँ टेलिभिजन सिग्नल डिस्ट्रिब्युटका लागि कानुन लागू भएपछि नै कार्यान्वयन हुने व्यवस्था राख्ने सहमति गरेको हो ।

विधेयक पारित पछि राजपत्रमा सूचना भएको एक वर्षपछि पुराना टेलिभिजन सिग्नल डिस्ट्रिव्युटको हकमा लागू हुने र नयाँका लागि राजपत्रमा सूचना प्रकाशित भए लगत्तै लागू हुने व्यवस्था गरेका छौँ, समिति सभापति कल्याणी खड्काले भनिन् ।

सरकारले ल्याएको प्रस्तावित विधेयकको दफा ६ मा क्लिन फिड तोकिएको मितिदेखि लागू हुने व्यवस्था राखेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।