२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट रंगशाला बनाउन जुट्यो ५५ लाख



अ+ अ-

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धमाधम आर्थिक सहायता जुट्न थालेको छ । उद्योग वाणिज्य संघ चितवन शाखाले बिहीबार ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेको छ । बुधबार पनि २४ लाखभन्दा बढी रकम संकलन भएको थियो ।

संघका अध्यक्ष सहनलाल प्रधानले बिहीबार फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई चेक प्रदान गर्दै सहयोग रकम बढाएर एक करोड पु(याउने जानकारी दिए । यसअघि नै संघले एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । सोही अवसरमा जिल्ला क्रिकेट एसोसिएसनका अध्यक्ष कैलाश प्रधानले पनि दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक अध्यक्ष कट्टेललाई हस्तान्तरण गरे ।

रंगशालाका लागि आवश्यक पर्ने सम्पूर्ण सेनेटरीका सामान यहाँको थपलिया ब्रदर्स एन्ड सप्लायर्सले सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । सप्लायर्सका सञ्चालक दिनेश थपलियाले सेनेटरी सामग्रीको क्याटलक कट्टेललाई हस्तान्तरण गरे । सहयोग रकम बुझ्दै अध्यक्ष कट्टेलले जिल्लावासीबाट सहयोग जुट्ने क्रम बढ्न थालेकाले आफू उत्साहित भएको बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रंगशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लाका स्थानीय तहमा सहयोग समिति बन्ने क्रम सुरु भएकाले सबैलाई साथ र सहयोगमा जुट्न अनुरोध गरे । १५ जेठमा स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी बार भत्काएपछि निर्माणको काम रोकिएको थियो । दुई दिनअघि काम सुरु भएसँगै सहयोग रकम जुट्न थालेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।