२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलमा दैनिक १०० केजी सुर्तीजन्य पदार्थ बरामद



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले दैनिक झन्डै सय किलो सुर्तीजन्य पदार्थ बरामद गर्ने गरेको छ । वैदेशिक रोजगारीमा जाने कामदारबाट बरामद हुने यस्ता पदार्थ महिनौंसम्म विमानस्थलमै थुप्रिने गरेको छ ।

प्रहरीले बुधबार मात्रै ०७५ फागुन १५ देखि साउन पहिलो सातासम्म विमानस्थलमा जम्मा भएको १४ हजार ४ सय १० केजी सुर्तीजन्य पदार्थ भन्सारलाई बुझाएको छ ।

विमानस्थल प्रहरीका एसएसपी सन्दीप भण्डारीका अनुसार केही समयअघि कतार सरकारले परराष्ट्र मन्त्रालयलाई पत्र लेखी नेपालबाट आउने कामदारलेगुट्खा, चुरोटलगायत सुर्तीजन्य पदार्थ ल्याउने गरेको भन्दै त्यसलाई रोकिदिन पत्राचार गरेको थियो । सोहीअनुसार परराष्ट्रले गृहमा पत्राचार गरेपछि कतार जाने कामदारबाट सामग्री बरामद गर्न थालिएको हो ।

खासगरी कतार हिँडेका कामदार र भन्सार नतिरी अन्य देश लैजान लागिएका बेला बरामद भएका यस्ता सामग्री व्यवस्थापनमा कानुनी अड्चन रहेको एसएसपी भण्डारीले बताए । बरामद सुर्तीजन्य पदार्थ के गर्ने भन्ने कानुनी आधार नहुँदा महिनौंसम्म विमानस्थलभित्र थुप्रिएका सयौं बोरा भण्डारणमा समस्या हुने गरेको छ । उनका अनुसार भण्डार गर्ने कोठा नहुँदा र समयमै भन्सारले बुझ्न नमान्दा समस्या हुने गरेको छ । उनले भने, ‘कोठा पनि भरिएपछि करिडोरमा थुपारेर राख्यौंतर गन्हाउने भएकाले समस्या भयो ।’

विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले प्रहरीले बरामद गरेको सुर्तीजन्य पदार्थ भन्सारले बुझ्न कानुनी जटिलता भएको बताए । उनले भने, ‘कानुनअनुसार कुनै वस्तु बरामद गर्न कि प्रतिबन्धित हुनुपर्छ कि परिमाणात्मक बन्देज लगाएको हुनुपर्छ तर विमानस्थल प्रहरीले जम्मा गरेको सुर्तीजन्य पदार्थ यी दुवैअन्तर्गत पर्दैन ।’

पछिल्लो पटक पनि प्रहरीले बेवारिस अवस्थामा फेला परेको सुर्तीजन्य पदार्थ भन्ने टिप्पणी उठाएर मुचुल्का गरेपछि मात्रै भन्सारले बुझेको थियो । ठाकुरले यसअघि विमानस्थलबाट बरामद भएको सुर्तीजन्य पदार्थ भन्सारले बुझेर लिलामी गर्दै ३६ लाख रुपैयाँ राजस्व हासिल गरेको बताए ।

उनले भने, ‘अनेकन ब्रान्ड र कमजोर प्याकेजिङ हुने भएकाले यस्तो पदार्थ लिलामी गर्न त्यति सजिलो हुँदैन ।’ पछिल्लो पटक विमानस्थल प्रहरीले भन्सारले सुर्तीजन्य पदार्थ बुझ्न ढिलाइ गरेपछि तालुकदार निकाय महानगरीय प्रहरी कार्यालयमा समेत पत्राचार गरेको थियो ।

विमानस्थल प्रहरीका अनुसार नेपालमा सस्तो मूल्यमा गुट्खा, चुरोट र बिँडी किनेर कतारमा लगी बेच्ने गिरोह सक्रिय छ । सार्वजनिक रूपमा सुर्तीजन्य पदार्थको कारोबार निषेध गरिएका कारण पनि कतारमा रहेका नेपाली, भारतीय र बंगलादेशी कामदारमाझ
सुर्तीजन्य पदार्थको चर्को माग देखिन्छ ।

यही माग बुझेका एजेन्टहरूले वैदेशिक रोजगारीमा जाने कामदारलाई भरियाका रूपमा उपयोग गर्दै सुर्तीजन्य पदार्थको कारोबार गरिरहेको विमानस्थल प्रहरीको अनुमान छ । केही वैदेशिक रोजगार व्यवसायीका एजेन्टले नै कामदारलाई उपयोग गर्दै सुर्ती, चुरोट र गुट्खा पठाउने गरेको एसएसपी भण्डारीले बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।