२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियम मिच्दै नदी दोहन



अ+ अ-

काठमाडौं । नियमविपरीत नुवाकोटका नदी/खोलाको दोहन भइरहेको छ । नदीजन्य पदार्थ झिक्ने कार्य धमाधम भइरहेका छन् । त्रिशूली, तादी, लिखु, फलाखु, सलाखुलगायतका नदी र खोलामा स्काभेटर लगाएर ढुंगा, गिटी र बालुवा निकाल्ने कार्य भइरहेको हो ।

नवीकरण नभएका अवैध क्रसरले नदीजन्य पदार्थ उपकरण लगाएर झिकिरहेको छ । कतिपय स्थानमा दिउँसो मजदुर लगाएर झिक्ने र राति हेभी इक्विमेन्ट प्रयोग गरी सिधै नदीबाट बालुवा निकाल्ने गरेका छन् । जिल्ला अनुगमन तथा समन्वय समितिले मजदुरले बालुवा झिके तापनि झिकेकै स्थानमा गाडी लैजान निषेध गरिएको छ । तर, नदी किनारमै गाडीमा बालुवा लोड भइरहेको समितिले जनायो । समितिका प्रमुख तथा संयोजक सन्तमान तामाङले अवैध कार्य रोक्न बैठक डाकेर अघि बढ्ने बताए ।

‘प्रहरीलाई अनुरोध गर्दा बेवास्ता गर्छन्,’ उनले भने, ‘नदीको दोहन रोक्नेबारे कदम चाल्न बुधबार बैठक डाकेका छौँ ।’ सडकबाट नदेखिने स्थानमा दिउँसै नदीको दोहन भइरहेको र राति प्रहरीको रोहवरमा एक्जाभेटरले बालुवा, गिट्टी झिक्ने गरेको स्थानीयले बताए । नदीबाट बालुवा झिक्ने क्रममा मदिरा खुवाएर खुकुरीसहितका मान्छे राख्ने गरेकोबारे प्रहरीलाई जानकारी दिँदा पनि बेवास्ता भएको स्थानीयको आरोप छ ।

नदीजन्य पदार्थ दोहन रोक्न आफू लागिपरेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णबहादुर पल्लीमगरले बताए । उनले भने, ‘राति झिक्छन् भनेको सुन्छु क्यारे । आफू समात्न हिँडेको छु, भेटिँदैन ।’ प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले प्रहरीलाई लिखित निर्देशन दिएर नियमन गर्न भनेको बताए । ‘दोहन कार्य रोक्नुपर्छ । यसमा कुनै कम्प्रोमाइज हुँदैन,’ उनले भने । प्रजिअले भनेको ४र५ दिन बितिसक्दासमेत नदीको दोहन नरोकिएको स्थानीयले बताए ।

बेलकोटगढी नगरपालिका ५ को कोल्पुखोला, सोही खोला र त्रिशूली बग्ने दोभान, केउरेनी, बेनपा ७ रातोमाटे, महादेवफाँट, काशीटारलगायत स्थानमा वडा १० को धनसारमा दिउँसो मजदुर र राति एक्जाभेटरले दोहन भइरहेको हो । त्यसैगरी, विनपा २ शेरा, ५ देवीघाट, ६ को चण्डीपोखरी, ८ को सामरी खोलामा पनि दोहन भइरहेको छ ।

किस्पाङ ५ मनकामना, सलाखु खोलालगायतमा दोहन जारी छ । यसैगरी एक्जाभेटर प्रयोग गरेर तादीखोला र लिखु खोलाको अधिकांश स्थानमा बालुवा झिक्ने कार्य भइरहेको छ । यहाँका नदीबाटबालुवा झिक्न बाहिर जिल्लाका ५ सय मजदुर खटिएका छन् ।

तीन दर्जनभन्दा बढी एक्साभेटरले राति नदीजन्य पदार्थ झिक्ने र उज्यालो भएपछि ती उपकरण लुकाउने गरिएको स्थानीयको भनाइ छ । प्रदेश सरकारले नदीजन्य पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनाएको कार्यविधिमा परिच्छेद ४ को ९ मा नदीजन्य पदार्थ संकलन अवधिबारे नदीजन्य पदार्थको संकलन असोजदेखि जेठ मसान्तसम्म हुने उल्लेख छ । सोही कार्यविधिको १६ को अनुगमन सम्बन्धी थप व्यवस्थाको उपदफा ९ मा ढुंगा, गिटी, बालुवाको उत्खनन् गर्दा एक्साभेटर डोजर लगायतका हेभी औजारको प्रयोग पूर्ण रुपमा बन्देज गर्नुपर्ने भनिएको छ ।

खेतमा बालुवाको थुप्रो
पृथ्वीराजमार्गको करिब ८ किलोमिटर भित्र पर्ने गजुरी–६ स्थित दरिङ्गाल खोलाका खेतमा यसपाला रोपाई भएन । गत वर्षसम्म जेठ मसान्त भित्र रोपाई भैसक्ने खोला किनारका खेतमा यतिवेला वालुवाका दर्जनौं पहाड बनेका छन् । रोपाई भएपछि हरियाली हुने खेतहरू यतिवेला वालुवाको थुप्रोले सेताम्य देखिन्छन् ।

त्रिशूली नदीको दोहन गर्ने वालुवा तस्करहरू नंवरप्लेट नराखेका ८ वटा डोजर र स्काभेटर लिएर पसे । कसैले नदेख्ने खोला भएको कारण महिनायता लगातार खोलावाट वालुवा झिकेर किनारका खेतमा थुप्रो लगाएका छन् । गत वर्ष मात्रै सडक पुगेको यस भेगमा नजिकैको चेपाङ्ग वस्ती श्यामेडाँडाका युवाहरू खोलाको वालुवा थुन्सेमा झिकेर बेच्ने गरेका थिए ।

बालुवा तस्करहरूले रातभर डोजरले त्रिशूली नदीका सहायक भित्री खोलाको दोहन गरी जम्मा गरेको बालुवा । तस्बिर स् हरिहरसिंह राठौर । कान्तिपुर

वालुवाबेचेर उनीहरू दैनिक एक हजारसम्म कमाई गर्थे । ‘तर वालुवा व्यापारीहरूले यसपाला डोजर लगाएपछि हामी ६० घरधुरीकोरोजीरोटी खोसियो’ स्थानीय चेपाङ्गराजकुमारले भने । वालुवा झिक्न खोलामा डोजरले बनाएका खाल्डामा परेर साउन ५ मा रोपाईबाट फर्कदै गरेका एक हल गोरु र आफना साथीसहित अन्य २ बालिका फसेपछि सबै गाउंले लागेर उद्धार गरेको स्थानीय राधिका चेपाङ्गले बताइन ।

उनका अनुसार डोजरले खोलामा बनाएको खाल्डोले नुहाउन, लुगाधुन र जंघार तर्न समेत कठिन भएको छ । एक महिनायता वालुवा तस्करहरूले लगातार रातभर डोजर लगाएर सुत्न समेत नदिएकोबारे स्थानीय प्रशाासन र जिल्ला प्रहरीमा पटक–पटक फोनबाट खवर दिए पनि कुनै सुनुवाई नभएको श्यामेडाँडाका भरत चेपाङ्गले बताए । उनले भने, ‘हामीले प्रहरी र सिडिओलाई वालुवा झिक्नेहरूको नाम समेत दिएका थियौं ।’

खोलाको वालुवा धुन पनि नपर्ने र सिधै ग्राहकहरूलाई बेच्न सकिने भएकाले नदी जन्य पदार्थ दोहन गर्नेहरू यता आकर्षित भएको हुनसक्ने स्थानीय बताउँछन् । संकलित बालुवा दैनिक ५० ट्रिपर भन्दा वढी ओसार्ने गरिएको छ । ट्रिपरका कारण उक्त ग्रामिण सडकमा किरान्चोक र पीडाका अन्य सार्वजनिक सवारी साधनलाई समेत कठिनाई भएको सरोकारवालाहरू बताउँछन् ।

गजुरी गाउँपालिकाले चालु आर्थिक वर्षमा गिट्टि वालुवा निकासीका लागी अध्यक्ष पदकै पराजित उम्मेदवार गणेशलाल श्रेष्ठ र टंक श्रेष्ठलाई १२ करोड ४७ लाख रुपैयाँमा ठेक्का दिएको छ । उक्त रकम असुल गरी थप नाफा गर्नकै लागी पनि स्थानीय प्रहरी प्रशाासनसंगको मिलेमतोमा वालुवा तस्करहरू त्रिशूली नदी, खोलानालामा गैर कानुनी रुपमा डोजर र स्काभेटर प्रयोग गर्ने गरेका छन् ।

यसबारे स्थानीयको गुनासो आएको र जिल्ला समन्वय समितिमा छलफल गरी दोहन तत्काल रोक्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।