२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहतको आसमा बाढीपीडित



अ+ अ-

जनकपुरधाम। असारको अन्तिम साता आएको बाढीबाट प्रभावित धनुषाको पूर्वी क्षेत्रका स्थानीयवासी अहिले पनि त्यो पीडाबाट बाहिर निस्कन सकेका छैन् ।

असार २७ र २८ गते भएको अविरल वर्षापछि कमला नदीमा बाढी आएपछि बाँध भत्काए पछि त्यहाँका स्थानीयवासी प्रभावित भए । बाढीबाट धनुषाको पूर्वी क्षेत्रमा पर्ने फुलवरिया र मल्हनिया सबैभन्दा बढी प्रभावित भएको छ ।

मल्हनिया र फुलवरियाको बीचमा बाढीका कारण बाँध नै भत्किएपछि यी दुई गाउँबिचको सम्पर्क नै टुटेको छ । त्यहाँ कमलाको बाँध दुई सय मिटरसम्म बाढीले बगाएको छ । बाँध भत्किएपछि स्थानीयवासी गन्तव्यसम्म पुग्नका लागि ४ फिटसम्म पानी तर्न बाध्य भएका छन् ।

बाढीपछि गर्नु पर्ने पुनर्निमाणका कार्यहरू सुरु हुन नसक्दा धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरवा, फुलवरिया र मल्हनियाका सयौं व्यक्तिहरू अझै प्रभावित छन् । त्यहाँ कुनै पनि सवारी साधान पुग्न सकेका छैनन् भने स्थानीय जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । जनकनन्दनी गाउँपालिकाका चन्देश्वर यादवको कमला किनारमा चार विघा जग्गा थियो, जुन अहिले डुबानमा परेको छ । बाढीका कारण उनले चार बिघामा लगाएको सबै धान बगाएको छ । उनले अहिले त्यहाँ बालुवा मात्रै रहेको बताए ।

जनकनन्दनी गाउँपालिकाको इनरवामा ६५ घर पूर्णरूपमा विस्थापित भइसकेका छन् । तर, अहिलेसम्म सरकारीस्तरबाट पुनस्थापनाका लागि कुनै प्रकारको पहल नभएको स्थानीयको आरोप छ ।

स्थानीय ४८ वर्षीय अमोद मडिक यादव भन्छन्, ‘२ सय बीघा जमिन नै बाढीले बगायो । खेत भरी बालुवा, गिटी र ढुंगा मात्र छ ।’‘इनरवा र मल्हनियाको सडकमा अझै पानी र हिलो जमेको छ । हिड्ने ठाउँ छैन ।’ अमोदले भने, ‘बाढीको प्रकोपले सबैभन्दा बढी वृद्धवृद्धा र बालबालिका प्रभावित

भएका छन् ।’ उनले यस क्षेत्रको मुख्य बजार सिरहा जोड्ने हुलाकी सडक पनि चारस्थानमा भत्किएको छ यसले गर्दा आवतजावतमा समस्या भएको बताए ।

एक प्रश्नमा स्थानीय जनकनन्दनी एकका ३९ वर्षीय फुलबारिया बस्ने जगदेव यादव भन्छन्, ‘स्थानीय सरकार बने पनि टोलमा कुनै विकास भएको छैन । सडक ग्राबेल गर्ने कुरा त परै जाओस् । आजसम्म माटो त हालिएको छैन । अझै पिचको त कुरा नगरौं । प्रत्येक वर्ष वर्षा भएपछि सडक हिंडिनसक्नु हुन्छ, तर सरकार भने कानमा रुई हालेर सुतेको हुन्छ ।

उता स्थानीय प्रशासनले भने राहत पुगेको दाबी गर्दै आइरहेको छ जबकि वास्तविकता अर्कै रहेको छ । प्रशासनले दाबी गरे अनुसार राहत सामग्री लिएर कोही नआएको स्थानीयको गुनासो रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।