२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तटबन्धको नाममा ४९ लाख झ्वाम



अ+ अ-

रामेछाप । सदरमुकाम मन्थली बजार संरक्षणको नाममा प्रदेश सरकारबाट आएको ४९ लाख रुपैयाँ अनियमितता गरिएको गुनासो स्थानीयले गरेका छन् । रणजोर खोला किनारमा सामान्य तारजाली हालेर प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीले भ्रष्टाचार गरेको आरोप स्थानीयको छ ।

मन्थली बजार संरक्षणका लागि भनेर प्रदेश ३ सरकारले ४९ लाख रुपैयाँ बजेट दिएको थियो । प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा रकम निकासा पठाएपछि सिँचाइ विकास डिभिजन कार्यालयले उपभोक्ता समिति गठन गरेर काम अगाडि बढाएको थियो । तर, कर्मचारीको मिलेमतोमा उनीहरूलाई लाभग्राही बनाई उपभोक्ता समिति गठन गरिएको स्थानीयको भनाइ छ ।

थाहै नदिई उपभोक्ता समिति गठन
उपभोक्ता समिति गठन गर्ने नाममा केही स्थानीयको नाम दुरुपयोग गरिएको पनि पाइएको छ । उपभोक्ता समितिका सदस्य रहेका स्थानीय डेकबहादुर श्रेष्ठले आफूलाई थाहा नदिई समितिमा राखिएको बताए । ‘उपभोक्ता समिति गठन गर्दा मलाई जानकारी नै दिइएन,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, उपस्थिति पुस्तिकामा गरेको हस्ताक्षरलाई दुरुपयोग गरेर मलाई नसोधी उपभोक्ता समितिको सदस्यमा राखिएको पछि थाहा पाएँ ।’

साइट हेर्न आएका प्राविधिकलाई ठाडो खोलामा कसरी जाली हाल्ने अनुभव नै नभएको आफूले थाहा पाएको भन्दै उनले जाली हालेजस्तो मात्रै गरेर रकम सक्ने काम गरिएको दाबी गरे । ‘कति रकम खर्च भयो म आफैँलाई थाहा छैन । समितिका अध्यक्षलाई सोध्दा सबै रकम खर्च भयो भन्छन् । खोलामा हालिएको तेस्रो जालीले गर्दा खेत कटान रोक्नुको सट्टा रोपाइँ गरिसकेको मेरो आफ्नै खेतसमेत कटानमा प(यो,’ उनले गुनासो गरे ।

नगरप्रमुख पनि असन्तुष्ट
असारको अन्तिममा आएर खोलाको प्रकृति नहेरी गरिएको काम चित्त बुझ्दो नभएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले बताए । ‘अन्तिम समयमा यस्तो काम गर्नुहुँदैनथ्यो,’ नगरप्रमुख बस्नेतले भने, ‘त्यसमाथि बिनाअध्ययन जाली हालिएको छ । जसका कारण केही जाली खोलाले बगाइसकेको छ । बाँकी जाली पनि लैजाने अवस्थामा छ ।’ खोलामा हालिएको तेस्रो जालीका कारण पानी खेतमा पसेर कटान गरेको र धान डुबानमा परेको उनले बताए ।

सार्वजनिक सुनुवाइ नगरी फरफारक
परियोजन सम्पन्न गरेपछि सार्वजनिक सुनुवाइ नगरी खर्च विवरण फरफराक गरिएको छ । आर्थिक वर्षको अन्तिममा खरिद नियमावली र कार्यविधिविपरीत रकम खर्च गरिएको पनि पाइएको छ । ठाडो खोलामा तेस्रो एक लाइनमा करिब दुई सय मिटर लम्बाइमा हालिएको जालीमध्ये ५० मिटर बगिसकेको छ । केही दिनअघि आएको बाढीले सो जाली बगाएको हो ।

तटबन्धको नाममा वर्षेनी खर्च
वर्षेनी बस्ती र किसानका खेतीयोग्य जमिन जोगाउने नाममा लाखौँ रुपैयाँ खर्चेर रणजोर खोलामा तटबन्धको काम हुने गरेको छ । तर, प्राविधिक अनुसन्धानबिना बनाइने तटबन्ध वर्षेनी बग्ने गरेको छ । वर्षेनी हालिएका जाली बर्खाले बगाएर तामाकोसी नदीमा पु(याउने गरेको छ भने किसानको खेतीयोग्य जमिन कटान हुँदै आएको छ । खोला संरक्षणको नाममा केही स्थानीयले सरकारी कर्मचारीसँग मिलेर आर्थिक हिनामिना गर्ने गरेको स्थानीय ओमबाबु पुरीले बताए ।

गत वर्ष मन्थली नगरपालिकाले रणजोर खोला खोल्ने गरी १७ लाख रुपैयाँ खर्चेको थियो । खोलाको बीच भागमा पानी बग्ने गरी दुवैतर्फ माटो झिकेर खोलो गहिरो बनाइएको थियो । तर, बर्खा लाग्नासाथ आएको बाढीले सबै बगाएर लग्यो । दुवैतिरको माटो बगाएर खोला आसपासको खेतीयोग्य जमिनमा पसेपछि खेतीयोग्य जमिन कटान हुनुका साथै धानबालीमा नोक्सान भएको थियो ।

गलत काम भएको इन्जिनियरले स्विकारे
जल उत्पन्न प्रकोप डिभिजन कार्यालयका इन्जिनियर अविनाश सिग्देलले आर्थिक वर्षको अन्तिममा हतारहतार काम गर्नुपरेकाले गुणस्तरीय काम गर्न नसकेको स्विकारे । ‘बजार संरक्षण गर्न आएको बजेटबाट स्थानीयहरूको मागका आधारमा हामीले रणजोर खोलामा तटबन्धन गरेका हौँ । तटबन्धनमा हामीले जुन काम ग(यौँ, त्यो प्राविधिक हिसाबले गर्नै नमिल्ने काम हो,’ इन्जिनियर सिग्देलले नयाँ पत्रिकासँग भने, ‘स्थानीय उपभोक्ताले जे–जे भने, हामीले त्यही गरेका हौँ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।