२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जवानदेखि इन्सपेक्टरसम्म अख्तियारको फन्दामा



अ+ अ-

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको ‘स्ट्रिङ अपरेसन’ मा नेपाल प्रहरीका हवल्दार र प्रहरी जवान धेरै पर्ने गरेका छन् । अख्तियारको पछिल्लो एक महिनाको रेकर्डमा प्र्रहरी जवानदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) सम्म रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीको भेषमा देशभरका कार्यालयमा पुग्ने अख्तियारका कर्मचारीले पीडितको सूचनाको आधारमा स्ट्रिङ अपरेसन अभियानको रूपमा थालेका छन् ।

अख्तियारले ६ साउनमा अस्थायी ट्राफिक प्रहरी पोस्ट कोसी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । काँकडभिट्टाबाट काठमाडौं चल्ने गाडी सञ्चालनमा सहजता गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग २ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो । उनलाई हाल अख्तियारले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
गत सोमबार मात्रै अख्तियारले घुससहित प्रहरी चौकी बगाह रूपेन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई तीन हजार ५ सय रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियारले ८ असारमा प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवाललाई ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवालले सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ मिलाइदिन्छु भन्ने विभिन्न बहाना बनाई ७ हजार घुस लिदाँ लिदै पक्राउ गरेको थियो ।
२७ असारमा अख्तियारले महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देवेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल र प्रहरी जवान निरज भण्डारी तथा नेपाल प्रहरी, २ नम्बर गण महाराजगन्जका प्रहरी जवान हिटलर साउदले सवारी दुर्घटनाको इन्सुरेन्स क्लेमपत्र बनाइदिनका लागि १ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।
त्यस्तै, अख्तियारले १३ असारमा सशस्त्र प्रहरी बल, नेपाल, नम्बर ११ गण हेक्वामा हजमिनिया, रौतहटमा कार्यरत रही सो कार्यालयबाट सादा पोसाकमा परिचालित सशस्त्र प्रहरी जवान अरूण झालाई
नेपाल–भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भनी सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

९ असारमा अख्तियारले इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले ट्याक्टरबाट नियमानुसारको प्रक्रिया पूरा गरी गैडहवा गाउँपालिकाअन्तर्गत नदीजन्य पदार्थ ढुवानी गरिरहेकासँग १५ हजार घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहविरुद्ध तीनवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । साहले तीन जना सेवाग्राहीसँग जम्मा १ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको भेटिएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिसकेको छ ।

लागूऔषध मुद्दामा एक जनासँग ७० हजार रुपैयाँ र ९० हजार रुपैयाँ लिएको प्रमाणित भएपछि मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । त्यस्तै, उनले सवारी ज्यान मुद्दामा बैंक खातामार्फत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको भेटिएको थियो ।
साहले लागूऔषध मुद्दामा पक्राउ परेका सेवाग्राहीको मुद्दामा घुस लिएको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । उजुरीका विषयमा थप अनुसन्धान हुँदा साहले सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा १ लाख ९० हजार रुपैयाँ राख्न लगाई घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिसकेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।