२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बुझ्यो कार्याकर्ताको माग, फेरी गर्यो यस्तो निर्णय !



अ+ अ-

काठमाडौं । केन्द्रीय सदस्यहरूको विरोधपछि कांग्रेसको विधान नियमावली मस्यौदा समितिले सदस्यता शुल्क घटाएको छ । समितिले पार्टी सदस्यता र नवीकरण शुल्क १० बाट बढाएर ५० रुपैयाँ पुर्‍याएको थियो । तर, नयाँ प्रावधानप्रति केन्द्रीय समिति बैठकमा धेरै सदस्यले असन्तुष्टि जनाएपछि सदस्यता शुल्क घटाएर २० रुपैयाँ कायम गरिएको समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

त्यस्तै, पहिले क्रियाशील सदस्य बन्न दुई सय र नवीकरण गर्न एक सय रुपैयाँ तिरे पुग्थ्यो । तर, संशोधित विधानको नियमावली मस्यौदामा एकैपटक बढाएर पाँच सय रुपैयाँ पुर्‍याइएको थियो । अहिले पुनः त्यसलाई घटाएर तीन सय कायम गरिएको छ । क्रियाशील सदस्यता नवीकरण शुल्क तीन सय ६५ पुर्‍याइएकोमा अहिले दुई सय तोकिएको छ ।

क्रियाशील सदस्य नवीकरणबाटै नौ करोड ४० लाख
कांग्रेसमा चार लाख ७० हजार क्रियाशील सदस्य छन् । यसअघिको प्रावधानअनुसार वार्षिक नवीकरण गर्दा एक सयका दरले यी सदस्यबाट चार करोड ७० लाख नगद उठ्थ्यो । शुल्क वृद्धि भएपछि नौ करोड ४० लाख उठ्ने भएको छ । कांग्रेसले क्रियाशील सदस्य पनि बढाउने भएको छ ।

भ्रातृ संस्थामा कुरा मिलेको छैन, शुभेच्छुकमा मिल्यो
भ्रातृ र शुभेच्छुक संस्थामा पार्टीले महाधिवेशन वा अरू प्रयोजनका लागि प्रतिनिधि पठाउने भन्ने व्यवस्थामा केन्द्रीय सदस्यहरूले विरोध जनाएका थिए । शुभेच्छुक संस्थामाा पार्टीले प्रतिनिधि वा पर्यवेक्षक नपठाउने भएको छ । तर, भ्रातृ संस्थाको सम्बन्धमा विवाद कायम छ ।

अनुशासनसम्बन्धी प्रावधान र आचारसंहितामा पनि अझै कुरा मिलेको छैन । उपसभापतिको संयोजकत्वमा रहने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गर्ने जति काम पार्टी केन्द्रको अनुमतिमा मात्रै गर्नुपर्ने व्यवस्था गरिएको मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले बताए । विभिन्न शुल्कलाई लेबी भन्ने वा अरू कुनै शब्द प्रयोग गर्ने विषयमा पनि सहमति हुन सकेको छैन ।

नियमावली समितिमा सहमति नभए मात्रै केन्द्रीय समितिमा
केही दिनअघि बसेको केन्द्रीय समितिको बैठकले मस्यौदा समितिले सहमतिमा पारित गर्ने गरी मस्यौदालाई सर्वसम्मतिले पास गरेको थियो । अब केन्द्रीय समितिमा उठेका विषयमा सहमतिपूर्वक नै नियमावलीमा कुरा मिले केन्द्रीय समितिमा पुनः नजाने भएको छ । तर, सहमति हुन नसक्दा मस्यौदा पुनः केन्द्रीय समितिमा जाने जानकारी समिति सदस्य पौडेलले दिए ।

दैनिक शुल्क अझै घटेन, केन्द्रीय समितिको अझै बढ्ने
केन्द्रीय पदाधिकारीले दैनिक २० र सदस्यहरूले दैनिक १० रुपैयाँ तिर्नुपर्ने व्यवस्था नियमावलीमा छ । यसलाई भने घटाइएको छैन । बरु पार्टी संस्थापन पक्षले यो रकमलाई अझै बढाउने प्रस्ताव गरेको छ । पौडेलका अनुसार पदाधिकारी र केन्द्रीय समितिमा छलफलपछि यो विषय टुंगो लाग्नेछ । मस्यौदा समितिका अर्का सदस्य मीन विश्वकर्माले दैनिकका रूपमा आएको शुल्क नघटाए पनि यसलाई मासिक भनेर उल्लेख गरिएको जानकारी दिए । तर, पूर्वसंस्थापन पक्ष डकुमेन्टमा आएकोभन्दा पनि घटाउनुपर्ने अडानमा छ ।

नियमावलीमा महाधिवेशन प्रतिनिधिका लागि दैनिक १०, जिल्ला कार्यसमिति, सदस्य, प्रतिनिधिसभा, प्रदेश सभा क्षेत्रका पदाधिकारी ५ र सदस्यलाई २ रुपैयाँ लिने उल्लेख छ । प्रदेश अधिवेशन प्रतिनिधिसँग दैनिक ३ र पालिका पदाधिकारीसँग दैनिक २ तथा सदस्यसँग एक रुपैयाँ लिने उल्लेख छ । केन्द्रीय समितिको छलफलपछि पनि यसमा परिवर्तन गरिएको छैन । यो सबैलाई अब मासिक रूपमा उठाइने सदस्य विश्वकर्माले बताए ।

केन्द्रीय पदाधिकारी र सदस्यको शुल्क अझै बढ्ने

  • साधारण सदस्यता : पहिले सदस्यतासँगै नवीकरण शुल्क रु. १०, बढाइएको शुल्क रु. ५०, अहिले कायम शुल्क रु.२०
  • क्रियाशील सदस्यता : पहिलेको शुल्क रु. २००, बढाइएको शुल्क रु. ५००, अहिले कायम शुल्क रु. ३००
  • नवीकरण शुल्क पुरानोलाई रु. १००, बढाइएको रु. ३६५, अहिले कायम रु.२००
  • पारिश्रमिकबाट लिने लेबी
  • पहिले : मेयर र उपमेयरलाई पारिश्रमिकको २०५, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई १०५
  • अहिले कायम शुल्क : मन्त्री, सांसद, मेयर, उपमेयरलाई २०५
  • अहिले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, जिल्ला समन्वय समितिको सभापति, उपसभापतिलाई १०५, वडा सदस्य र कार्यपालिका सदस्यलाई ५५
  • जनसम्पर्क समितिका सदस्यलाई दैनिक लेबी
  • चीन, मलेसिया र सार्क मुलुकका जनसम्पर्क समिति कार्यसमितिका पदाधिकारीलाई रु. ५, सदस्यलाई रु. ३
  • इजरायल ओमन, जोर्डनलगायत खाडी र अफ्रिकाका जनसम्पर्क समितिका पदाधिकारीलाई रु. ८, सदस्यलाई रु. ५
  • युरोपका सबै देश, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुर, हङकङ, मकाउ, दक्षिण कोरिया र जापानलगायत देशका जनसम्पर्क समितिका पदाधिकारी रु.१०, सदस्यलाई रु. ८




भर्खरै