२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमाथि गाउँ, ११ जनाको मृत्यु, दुई सय घर रित्तै



अ+ अ-

गुल्मी । सत्यवती गाउँपालिको विभिन्न ठाउँमा मंगलबार बिहान गएको पहिरोमा परी ११ स्थानीयको मृत्यु भएको छ भने दुई व्यक्ति हराइरेका छन् । गाउँपालिकाको दुई वटा वडाको तीन घरमा पहिरोले घर पुरिंदा यो दुखद घटना भएको हो ।

मंगलबार दिनभर उद्धार तथा राहतका लागि केन्द्र तथा स्थानीय स्तरबाट विभिन्न प्रयास भए । काठमाडौंबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हेलिकोप्टरमार्फत रातहसहित प्रभावित क्षेत्रमा पुग्नुभयो भने प्रदेश नम्बर ५ बाट सामाजिक विकास मन्त्री सुदर्शन बराल औषधि, टेन्ट र भाँडाकुडासहित सरिक हुनुभयो ।

मन्त्री ज्ञवालीका साथ गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डक्टर रेशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवाली सहितको टोली राहतमा सहभागी छ । परराष्ट्रमन्त्रीका प्रेससल्लाहकार सुदन ज्ञवालीका अनुसार मन्त्रीहरु ज्ञवाली र बरालले जिल्लाको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुट्न सबैमा आग्रह गर्नुभयो ।

गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवाली र बरालको निर्वाचन क्षेत्र हो ।
मामाघर गएकाले बचे विक मृतकहरुमा अधिकांश विक छन् । सत्यवती गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जना पहिरोमा पुरिए । एक जनाको भने पहिरोबाट बच्नका लागि भाग्ने क्रममा मृत्यु भएको हो । सत्यवती गाउँपालिका वडा नम्बर ४ को लिम्घाका मृतकमध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरु दुई जनाको शव निकाल्ने काम भइरहेको छ ।

पहिरोमा परेर मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ बर्षिय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीय शिवानी बिकको शब बाहिर निकालिएको प्रहरीले जनाएको छ । त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडाको पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ वर्षीय दुर्गाबहादुर सिंजालीको मृत्यु भएको हो ।

पहिरोमा ८ वर्षीय तारा बिक ६ वर्षीय सुमन बिकको शब निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रवीन्द्र खड्काले बताउनुभयो । एक जना वालक सन्दीप बिक मावली घरमा गएकाले बाँच्न सफल भएका छन् ।

ठूलोलुम्पेमा रुद्र बिकको घर पहिरोले पुरिएको छ । ४० वर्षीय माया बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । पहिरोका कारण दुई जना घाइते भएका छन् । यसैगरी, सत्यवती ४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामुको घाइते छन् । सोमबार रातिदेखि परेको अबिल वर्षाका कारण पहिरो गएको हो । मंगलबारको बिहान राति सुतिरहेका स्थानीयहरु यस प्रकोपमा परेका हुन् ।

उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थल पुगेर मंगलबार बिहानैबाट उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

पहिरोको त्रासमा दुई सय घर
गएरातिदेखि परेको वर्षातका कारण ठूलो लुम्पेकको करिब दुई सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो । सिङ्गो गाउँ नै पहिरोको प्रभावित रहेकाले संख्याको आँकलन गर्न सकिने अबस्था नरहेको अध्यक्ष ढकालले बताउनुभयो ।

घरहरु जोखिममा रहेकाले स्थानीय वासिन्दा विद्यालयमा बसेका छन् । कुनै पनि समयमा पहिरो खस्ने डरले स्थानीय त्रसित छन् । उनीहरुलाई खानपिनको लागि वडा कार्यालयले व्यवस्था गरेको छ । पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका अरु राजनितिक पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् ।

घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ पर्दछ । घटना स्थल पुग्न सदरमुकामबाट करिब ३ घण्टा लाग्छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै