२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोक्दारोक्दै जबर्जस्ती गुठीको भवनमा विद्यालय



अ+ अ-

काठमाडौँ । गुठी संस्थानले पचली भैरव गुठीको नाममा लालपुर्जा भएको जग्गामा भवन नबनाउन पटकपटक पत्राचार गर्दा पनि विद्यालयले जग राखेरै छाड्यो । काठमाडौं महानगरपालिकाबाट नक्सापाससमेत नगरी भवन बनाउन थालेपछि गुठियार, सम्पदा अभियन्तालगायतले जगैसम्म भत्काइदिए ।

नवौं शताब्दीबाट पुजिँदै आएको पचली भैरवको पोखरी रहेको ठाउँमा टेकुको महेन्द्र सरस्वती सेवा आधारभूत स्कुलले भवन बनाउन लागेको हो । गुठीको आदेशलाई समेत पटकपटक अवज्ञा गरेर भवन निर्माण जारी राखेको भन्दै गुठियारलगायतले भवन भत्काइदिएका थिए ।

विद्यालयले भने यो ठाउँमा चउर रहेकाले भवन बनाएको दाबी गर्दै आएको छ । भवन निर्माण रोक्न गत जेठ १९ गते गुठी संस्थान काठमाडौं शाखा कार्यालयले पहिलो पल्ट पत्राचार गरेको थियो । शाखा कार्यालयले पत्राचारलाई स्कुलले बेवास्ता गर्‍यो । त्यसपछि गुठी संस्थान प्रधान कार्यालयले असार १३ गते पत्राचार गर्‍यो । त्यसलाई पनि स्कुलले वास्ता गरेन ।

गुठी संस्थानका प्रशासक नारायण चौधरीले पत्र लेखी पटकपटक पत्राचार गर्दा पनि अटेर गरेको आजकै ‘मितिबाट निर्माण स्थगित राखिदिन’ महानगर वडा कार्यालयलाई पत्राचार गरे । यो पत्रको पनि कुनै सुनुवाइ भएन । चौधरीपछि फेरि उपप्रशासक हरिप्रसाद जोशीले पत्राचार गरे असार १८ गते । महानगरले निर्माण नगरोकी भवन बनाउन मौखिक आदेश दिएको थियो ।

वडा कार्यालयको समेत संलग्नतामा भवन बनाएको भन्दै गुठियार आक्रोशित भएका थिए । गुठी संस्थानका उपप्रशासक हरिप्रसाद जोशीले ‘पचली भैरवका नाममा दर्ता स्रेस्ता भएको कित्ता नम्बर ७० बाट दुई कितामा विभाजन भएर १९६ र १९८ कित्ता कायम भएको जग्गामा स्थानीय गुठियारको समेत स्वीकृति नलिएर निर्माण गरिएको’ भन्दै निर्माण रोक्न सहयोग गर्न महानगरलाई पत्र लेखेका थिए । ‘संस्थानले पटकपटक पत्र पठाउँदा पनि बलमिच्याइ गरेर बनाइयो,’ अयिभन्ता सुमन सायमी भन्छन्, ‘जबरजस्ती गरेपछि गुठियारलगायतले निर्माणमा अवरोध गरेका हुन् । अब हाम्रो सम्पदा जसरी पनि जोगाउन यहाँका आदिवासी नेवार जागिसकेका छन् ।’

विद्यालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा बन्न लागेको हो । चारकोठे भनव बनाउन प्राधिकरणले ६९ लाख रुपैयाँ दिएको छ । स्कुल भवन बनाइरहेको पोखरी पञ्चनाली पोखरी हो । यो पोखरीबाहेक अर्का दुईमा बगैँचा भएको पोखरी थियो । पञ्चनाली पोखरी पचलीको मुख्य द्वारका दायाँबायाँ थिए ।

यो पोरखीमा पचली भैरवमा चढाइएको रक्सी र जाँड पञ्चनालीबाट बग्दै पोखरीमा जम्मा हुने व्यवस्था थियो । स्थानीयवासी भूषण बज्राचार्यका अनुसार पाखरीसम्म बगेर आउन करिब तीन सय मिटर भूमिगत नालीबाट पोखरीसम्म आउँथ्यो । पोखरी छेउकै अर्को छेउमा धारा थियो । त्यो धारामा नुहाउने भीड हुन्थ्यो ।

मन्दिरमा चढाएका जाँड, रक्सी, समयबजीजस्ता भक्तजनले जे चढाउँछन् ती सबै त्यही नालीबाट पोखरीमा जम्मा हुन्थ्यो । ‘बस्ती विस्तार भएसँगै यो नाली मासियो,’ गुठियार महेन्द्र महर्जन भन्छन्, ‘नाली मासिएपछि पोखरी मासियो । पोखरी चौरमा परिणत भयो ।’ पोखरीले प्रयोग गरेको जमिनको छेउमा पनि पोखरी थियो । त्यो ठाउँमा अहिले पनि रोडा, बालुवा, ढुंगा लगायत निर्माण सामग्रीको डिपो राखिएको छ । ‘त्यो डिपोचाहिँ नहटाउने । अरू ठाउँका समस्या नहेर्ने अनि स्कुल बनाउनचाहिँ नदिने रु’

प्रधानाध्यापक दयाचन्द्र श्रेष्ठ भन्छन्, ‘अहिलेको युगमा को आउँछ जाँडले नुहाउन रु घरघरमा बसेर सावरले नुहाउँछन् अब । जाँडले नुहाउँदैनन् ।’ अभियन्ता भने यसलाई पोखरी कायम गराएरै छाड्ने बताउँछन् । ‘पहिला के भयो भनेर चूप लाग्ने कुरा हुँदैन,’ राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘अब यसलाई पोखरी कायम गराउनुपर्छ । पचास वर्ष सुकेको भाजु पोखरी भक्तपुरले ब्युँतायो भने चालीस वर्ष सुकेको यो पोखरी ब्युँताउने सकिँदैन ?’

यही पोखरीमा फुल्ने कमल र हिले माछा पचली भैरवलाई चढाउने चलन थियो । पोखरीमा फुल्ने कमलको फूल सांस्कृतिक क्रियाकलापमा प्रयोग गरिन्थ्यो । पचली भैरवको मुख्य खानाको रूपमा ‘सना घसा’ बनाउने गरिन्छ । सनाघसा भनेको कर्कलाको डाँठबाट बनाइने विशेष परिकार हो ।

इन्द्रजात्राको कर्कलाको डाँठलाई चाना बनाएर त्यसमा बेसार, रायोको दानाको लेप, पचली भैरवको जल मिसाएर बनाइन्छ । यसरी मोलिएको कर्कलोलाई भाडा राखिन्छ । अनि आठ दिन गालिन्छ । यो एक किसिमको अचारजस्तै खाद्यान्न हो । आठ दिनपछि यो प्रसाद गुठियारले ग्रहण गर्छन् अनि बाँड्न टोलटोल जान्छ ।

‘झन्डै एक ट्रक डाँठको सना घसा बनाइन्छ,’ गुठियार सानु महर्जन भन्छन्, ‘यसलाई कमलको पातमा बाँड्नुपर्छ । आफ्नै पोखरीको कमल हुन्थ्यो । त्यो सुकेपछि कमल किनेर प्रसाद बाँड्नुपर्छ ।’ पचली भैरव नवौं शताब्दीमा स्थापना भएको मानिन्छ । पचलीलाई पञ्चलिंगेश्वर पनि भनिन्छ । मूर्ति खुला स्थानमा छ । यो स्थानमा भैरव, छेपुतोरण र ६ वटा सिंहका मूर्ति छन् । यहाँ खड्गी, ज्यापू, मालकार र रञ्जितकार गरी ५ समूदायले जात्रा सञ्चालन गर्छन् ।

दसैंको पञ्चमी र गोडेजात्रामा यहाँ जात्रा लाग्छ । स्थानीयवासी शरण डंगोलका अनुसार पचली जात्राको सुरुवात शिव सिंहले १६३५ मा धातुको घ्याम्पो बनाएर गरेका हुन् । पचली भैरव मन्दिरमा र गुठियारको घरमा गरी दुई ठाउँमा देउता राख्ने चलन छ । गुठीमा ९ जना गुठियार छन् । जात्रा सञ्चालन गर्न हरेक वर्ष गुठियार फेरिन्छन् ।

डंगोलका अनुसार नवरात्रिको पहिलो दिनबाट पचली भैरवको जात्रा सुरु हुन्छ । पचली भैरवको मूर्ति अंकित तामाको घ्याम्पोलाई गुठियारको घरबाट क्वाहिटीको चित्रकारको घरमा लगिन्छ । चित्रकारको घरमा रंगरोगन गरिन्छ । चित्रकाले सिंगारेको घ्याम्पोलाई तीन दिनसम्म कोहिटीमा पूजा गरिन्छ ।

नवरात्रिको चौथो दिन भीमसेस्थानका थकुजुजुको घरमा राखिन्छ । डंगोलका अनुसार थुकुजुजु १० औं देखि १३ औं शताब्दीदेखि राज्य गर्ने ठकुरी मल्ल वंशका सन्तान हुन्, थकुजुजुको घरमा राखिएको भैरवलाई विधिपूर्वक पूजा गरिन्छ । अनि टेकुमा रहेको पीठमा लगिन्छ । अनि वर्ष दिन घ्याम्पोमा राखिएको जाँड बगाइन्छ । त्यही विधिपूर्वक बगाइएको जाँड, रक्सी यही पोखरीमा जान्छ । यही विधिबाट पोखरीमा गएको रक्सीले नुहाउन वसन्तपुर क्षेत्रको तल्लो भागका भक्तजन नुहाउन जाने डंगोल बताउँछन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।