२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल काउन्सिलले नवीकरण नगरिदिएपछि उत्तर कोरियाली अस्पताल बन्द



अ+ अ-

तनहुँ । सबै चिकित्सकको नेपाल मेडिकल काउन्सिलबाट प्राप्त इजाजत नवीकरण नभएपछि तनहुँको दमौलीमा उत्तर कोरियाली लगानीमा सञ्चालित ने–कोर्‍यो अस्पताल बन्द भएको छ ।

आठजनामध्ये सबै चिकित्सकको इजाजत अवधि सकिएकाले सेवा बन्द गर्नका लागि भन्दै नेपाल मेडिकल काउन्सिलले पत्र लेखेपछि अस्पतालको सेवा बन्द भएको अस्पतालमा कार्यरत कर्मचारीहरुले बताए ।

व्यवस्थापनले पनि चिकित्सकको म्याद थपको प्रक्रियामा रहेको स्वीकार गरे पनि त्यही कारण अस्पताल बन्द भने नभएको जिकिर गरेको छ । तीन साताअघि तनहुँ प्रशासनले गरेको अनुगमनका क्रममा अस्पतालका आठमध्ये चार चिकित्सक म्याद सकिएको एक महिना बित्दा पनि अस्पतालमै देखिएका थिए । बाँकी चार समेत म्याद सकिन एक महिना बाँकी रहँदा अस्पतालमै कार्यरत थिए ।

तर पहिलेका चारसँगै बाँकी चिकित्सकको समेत इजाजत अवधि सकिएपछि सोमबार अस्पतालमा ताला लागेको छ । उत्तर कोरियाली दुतावासको प्रत्यक्ष निगरानीमा सञ्चालित अस्पतालमा यस अघि पनि अनुगमनका बेला आवश्यक मापदण्ड नपुगेको सरकारी अधिकारीहरुले बताउने गरेका थिए ।

तर बिरामी जाँच गर्न अनिवार्य रुपमा चाहिने नेपाल मेडिकल काउन्सिलको इजाजतको अवधि सकिएपछि पनि चिकित्सक कार्यरत रहेको देखिएपछि अस्पताल व्यवस्थापनले उनीहरु नवीकरणका लागि प्रक्रियामा रहेको जवाफ दिएको थियो ।

प्रशासनले अनुगमन र कडाई थालेपछि अस्पताल व्यवस्थापनले नवीकरणको प्रक्रिया थालेको थियो । तर मेडिकल काउन्सिलमा नवीकरणको प्रक्रियामै रहँदा बाँकी चारको पनि म्याद सकिएपछि व्यवस्थापनले अस्पतालमा ताला लगाएको छ ।

समस्या समाधान भएपछि ‘आफैँ बोलाउँछौँ’ भनेर भनेको बताए । अस्पतालले कर्मचारीहरुको बक्यौता तलब भुक्तानी गरेर उनीहरुलाई बिदा गरेको ती कर्मचारीले बताए । अस्पताल सोमबार बिहानैबाट बन्द छ । त्यहाँ कार्यरत चिकित्सक र म्यानेजरहरु आइतबार राति नै काठमाडौँ गएको बुझिएको छ ।

तर अस्पतालका म्यानेजर बताउने उत्तर कोरियाली नागरिक मिस्टर सङले भने अस्पताल बन्द भैनसकेको बरु आन्तरिक कारण केही दिन सेवा रोकिएको जिकिर गरे । अस्पतालमा कार्यरत आठ चिकित्सकमध्ये ४ जना बिजनेश भिषामा कार्यरत छन् । बाँकी भने ननटुरिस्ट भिषामा रहेकाले श्रम स्विकृती लिएर कार्यरत छन् ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।