२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी-राजपा एकता पहल : समान हैसियत प्रस्ताव



अ+ अ-

काठमाडौँ । राजपाले समान हैसियतमा एकीकरणका लागि समाजवादी पार्टीसँग प्रस्ताव राखेको छ । एकीकरणका लागि दुई पार्टीबीचका विभिन्न तहमा भइरहेका संवादका क्रममा राजपाले पदाधिकारीसहित पार्टीका सबै तहमा समान हैसियत खोजेको हो ।

राजनीतिक मुद्दामा धेरै मतान्तर नभए पनि नेताहरूको व्यवस्थापन दुवै पार्टीका लागि चुनौती बनेको छ । दुवै पार्टीका शीर्ष र दोस्रो तहका नेताहरूबीच भइरहेको संवादमा राजपाले महन्थ ठाकुरलाई नेतृत्व दिन आग्रह गरेको छ । तत्कालीन ६ मधेसकेन्द्रित दल मिलेर बनेको राजपामा ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले चक्रीय प्रणालीअनुसार नेतृत्व गरिरहेका छन् ।

समाजवादी पार्टीमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उपेन्द्र यादव कार्यकारी अध्यक्ष छन् । अर्का नेता बाबुराम भट्टराईलाई संघीय परिषदको अध्यक्षको जिम्मेवारी दिइएको छ । ‘ठाकुर मधेसको सर्वमान्य नेताजस्तै हुनुहुन्छ, उहाँको नेतृत्वमा जान दुवै पार्टीका नेताहरूलाई कुनै समस्या हुँदैन’, राजपाका एक पदाधिकारीले कान्तिपुरसँग भने, ‘एकल नेतृत्वमा सहमति नबन्दा विकल्पमा चार नेता ९समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, राजपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो० अध्यक्ष रहने गरी सहमति खोज्न सकिन्छ ।’

समाजवादी पार्टीमा पदाधिकारीको कुल संख्या २५ छ भने सदस्य संख्या ४ सय ३० छ । राजपामा पदाधिकारी संख्या १ सय २७ छ । सदस्य ७ सय ८५ छन् । पदाधिकारीको व्यवस्थापन दुई पार्टीका लागि चुनौती बनेको छ । केन्द्रीय सदस्यको व्यवस्थापन सहज भए पनि पदाधिकारीको व्यवस्थापन कठिन हुने समाजवादीका एक नेताले बताए ।

राजपाले पार्टीको सबै तहमा समाजवादीसरहकै हैसियत खोजेको छ । यी दुवै पार्टीको राष्ट्रिय हैसियत पनि उस्तै छ । प्रतिनिधिसभामा तत्कालीन नयाँ शक्ति पार्टीको एकतापछि दुवै पार्टीको सांसद संख्या बराबरी छ । प्रतिनिधिसभामा समाजवादीका हरिनारायण रौनियार र राजपाका रेशमलाल चौधरी निलम्बित छन् । निलम्बितसहित प्रतिनिधिसभामा दुवै पार्टीका १७/१७ सांसद छन् ।

प्रदेश २ मा राजपाभन्दा ४ सिटले समाजवादी पार्टी अगाडि छ । यी दुवैको गठबन्धनमा सरकार बनेको छ । प्रदेश २ मा समाजवादीका २९ र राजपाका २५ सांसद छन् । प्रदेश ७ मा समाजवादी पार्टीको उपस्थित शून्य छ । राजपाका २ सांसद छन् । प्रदेश ५ मा समाजवादीका ३ र राजपाका एक सांसद छन् । प्रदेश १ मा समाजवादीका ३ सांसद छन् भने राजपाको शून्य छ ।

तत्कालीन नयाँ शक्ति पार्टीसँग एकीकरणपछि समाजवादीको ७७ जिल्लामै संगठन पुगेको छ । राजपाको संगठन ४८ जिल्लामा मात्रै छ । संविधान संशोधनको मुद्दामा दुवै पार्टीको माग समान छ । राजनीतिक एजेन्डामा शासकीय स्वरूप र प्रतिनिधित्व प्रणालीमा दुई पार्टीका दृष्टिकोण फरक छन् । समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक प्रतिनिधित्वको मुद्दा उठाएको छ । राजपा यी दुवै मुद्दामा सहमत छैन । ऊ अहिले भइरहेकै संसदीय प्रणालीको पक्षमा छ ।

‘सैद्धान्तिक रूपमा मिल्नुपर्छ भन्नेमा हामीबीच सहमति जस्तै छ, केही चरणमा अनौपचारिक संवाद पनि भइरहेका छन् तर ठोस रूपमा एकीकरणका लागि दफावार छलफल भएको छैन,’ राजपा नेता राजेन्द्र महतोले कान्तिपुरसंँग भने, ‘एकीकरणका लागि नेताहरूको व्यवस्थापन, शासकीय स्वरूप, प्रतिनिधित्व प्रणाली, पार्टीको नाम, सरकारका विषयलगायत मुद्दा छन् । यिनमा कसरी अघि बढने भन्नेबारे गहिरो ढंगले छलफल भएको छैन ।’

तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरणअघि राजपालाई समेत समेट्न धेरै पहल भएको थियो । त्यतिबेलै नेताहरूको व्यवस्थापन र राजनीतिक एजेन्डाका विषयमा धेरै छलफल भएका पनि थिए । तत्कालीन संघीय फोरमले सरकार तत्काल छाड्ने कि नछाड्ने भन्ने निर्णय नगर्दा एकीकरण हुन नसकेको राजपाका अर्का एक नेताले बताए ।

‘यस पटक भएका अनौपचारिक संवादमा पनि सरकार छाड्नुपर्ने मुद्दालाई हामीले मुख्य सर्त बनाएका छौं तर समाजवादीको नेतृत्व तहका साथीहरू मानिरहनुभएको छैन,’ ती नेताले भने, ‘सबै कुरा मिलेपछि एकीकरणमा हस्ताक्षर गर्नुअघि सरकार छाड्न तयार हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’

समाजवादीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले एकीकरणको सवालमा दुवै पार्टीका नेताहरू सकारात्मक देखिएको बताए । उनका अनुसार काठमाडौंमा केन्द्रीय नेताबीच र प्रदेश २ मा सरकारका मन्त्रीहरूबीच समेत एकताका लागि संवाद भइरहेको बताए । ‘दुई पार्टीबीच ६०/७० प्रतिशत मुद्दा मिलिसकेको अवस्था छ, छलफल भएर दोहोरो कुराकानी बाक्लिएपछि बाँकी मुद्दा पनि मिल्छ, हामीबीच कुनै धार्मिक मुद्दाजस्तो अडान छैन,’ उनले भने, ‘नेताहरूको व्यवस्थापन पनि ठूलो समस्या छैन । विभिन्न पोजिसन बनाएर पनि मिलाउन सकिन्छ ।’

राजपा नेता महतोले बाँकी राजनीतिक मुद्दा सम्बोधनका लागि एकीकरण र मोर्चाबन्दी आवश्यक रहेको बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।