२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री बस्नेतको यस्तो चर्तिकला, पीएहरुको मन्त्रालयमा आंतक



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् ।

यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ । २०७४ मा संशोधित ‘मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २६५ लिटर पेट्रोल र त्रैमासिक रूपमा ५ लिटर मोबिल’ मात्र पाउने उल्लेख छ ।

सरकारी सवारी साधन दुरुपयोगबारे मन्त्री बस्नेतले प्रतिक्रिया दिन चाहेनन् । मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले ‘मन्त्रीको सचिवालयको विषय भएकाले उतै सोध्न’ सुझाए । जनमानसमा सकारात्मक सन्देश दिन भन्दै वातावरणमन्त्रीका हैसियतमा बस्नेतले साउनदेखि ‘प्रदेश ३, ००२ झ ४९०६ नम्बर’ को विद्युतीय गाडी चढिरहेका छन् ।

मन्त्रालयले असार अन्त्यमा उनका लागि ५५ लाख ४६ हजार रुपैयाँमा यो गाडी किनेको हो । विद्युतीयबाहेक मन्त्रीसँग मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका ४ गाडी छन् । उनीसँग वन मन्त्रालयको बा २ झ २२०१ र गृह मन्त्रालयले उपलब्ध गराएको बा २ झ १०९० नम्बरको कार छ । उनले कोषबाट दुई गाडी लिएका छन् ।

मन्त्री कोषका अध्यक्ष हुन् । कोष स्रोतका अनुसार उनले बा १५ च ३५०८ नम्बरको स्कोरपियो र २८३४ नम्बरको गाडीलिएका छन् । कोषको गाडी सांसदसमेत रहेकी पत्नी सत्य पहाडीले चढ्ने गर्छिन् ।

प्रशासनसमेत हेर्ने कोषका कार्यकारी निर्देशक दीपककुमार सिंहले भने मन्त्रीलाई एउटा मात्र

गाडी दिइएको दाबी गरे । केही समयअघि मन्त्रीको सचिवालयरआफन्तले बा १५ च

३५०८ नम्बरको स्कोरपियो गाडी बिगारेर मलेखुमा अलपत्र छोडेका थिए । बस्नेतले सचिवालयका लागि वन तथा भूसंरक्षण विभाग र राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिबाट समेत गाडी तानेका छन् ।

बा २ झ ३६९२ नम्बरको गाडी मन्त्रीका निजी सचिव गणेशविक्रम शाहीले चढिरहेका छन् भने राष्ट्रपति चुरेबाट तानिएकोबा २ झ १२७३ नम्बरको गाडी सचिवालयकै यज्ञबहादुर खत्रीले प्रयोग गरिरहेका छन् । विभागबाट तानिएको गाडी मन्त्रीका नातेदारले चढ्छन् । गाडीबाहेक उनको सचिवालयले मन्त्रालयका ७ मोटरसाइकल प्रयोगगरिरहेको छ ।

पूर्वगृहमन्त्रीका हैसियतले मन्त्री बस्नेतले दोहोरो सुरक्षा लिएको भन्दै आलोचना भएपछि उनले सशस्त्र प्रहरीको पछुवालाई मन्त्रालय ल्याउन छोडे पनि निवासमा राखेका छन् । ‘सशस्त्र प्रहरीको टोली सवारी साधनसहित मन्त्री निवासमा अहिले पनि ड्युटीमा छ,’ स्रोतले भन्यो ।

मन्त्री बस्नेतको सचिवालयमा स्वकीय सचिव र अन्य सहयोगीको ओइरो छ । दुई भतिजहरू मुक्ति बस्नेत र अरुण बस्नेतसहित करिब दर्जन सचिवालयमा कार्यरत छन् । गणेशविक्रम शाही, यज्ञबहादुर खत्री, भीमबहादुर रोकाय (मुस्कान क्षेत्री), धिरज उपरकोटी, रविनकुमार ग्यालन, विवेक बुढा, दयानिधि भट्टलगायत उनको सचिवालयमा छन् ।

पीएहरूले मन्त्रालयका कर्मचारीलाई अनावश्यक निर्णयमा दबाब दिने गरेको स्रोतले उल्लेख गरेको छ ।

यसअघिका वनमन्त्रीहरूले जस्तै मन्त्री बस्नेत र सचिव विश्वनाथ ओलीले कोषमा आफूनिकट र नातेदारलाई भर्ती गरिरहेका छन् । पछिल्लो पटक मन्त्री र सचिवको ठाडो आदेशमा केही कर्मचारी भर्ना भएको कोष स्रोतले बतायो ।

मन्त्री बस्नेतले कोषको सदस्य सचिवमा मन्त्रालयका सहसचिव यज्ञनाथ दाहाललाई नियुक्त गरेका छन् । यसप्रति सचिव ओली असन्तुष्ट छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।