२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयक फिर्ता नलिए संसद् चल्न दिँदैनौंः देउवा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रजातन्त्रमाथि प्रजातन्त्रमाथि प्रहार गर्न नछोडे आफ्नो पार्टी यसका विरुद्ध सडक संघर्षमा जान बाध्य हुने बताउनुभएको छ ।

वीपी स्मृति दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको भन्दै मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धि विधेयक फिर्ता नगरे संसद बैठक अवरुद्ध पारिने स्पष्ट पार्नुभएको हो ।

‘अहिले ल्याइएको मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोग सम्बन्धी विधेयकलाई काग्रेसले पास हुन दिँदैन’, सभापति देउवाले भन्नुभयो– ‘यो विधेयक फिर्ता नलिए संसद् चल्न पनि दिँदैनौ र सडकमा जान पनि बाध्य हुन्छौं ।’

कार्यक्रममा सभापति देउवाले वीपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढेमा मात्र मुलुकमा समृद्धि आउने पनि बताउनुभएको थियो ।

सो कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले बीपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने भन्दै बीपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताउनुभएको थियो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।