२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लब समुहको चार सय ‘चन्दादाता’ को सूची जफत



अ+ अ-

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजना लगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूची प्रहरीले बरामद गरेको हो ।

सो समूहका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट प्रहरीले चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य कागजात बरामद गरेको छ । प्रहरीले शनिबार राति लामा र उनका सहयोगी रमेश तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो । ‘प्रतिबन्धित नेकपाका नेता लामाको साथबाट ४ सय व्यक्ति तथा संस्थाबाट अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल्नेगरी तयार पारिएको सूची लगायतका गोप्य दस्तावेजहरु जफत गरिएको छ,’ एसएसपी सकुल थापाले भने, ‘राजधानीलगायत देशका विभिन्न स्थानमा चन्दा असुल्नकै लागि आफ्ना भ्रातृसंगठनलाई परिचालन गरिएको देखिन्छ ।’ थापाका अनुसार प्रतिबन्धित नेकपाले राष्ट्रिय गौरवसहित ठूला जलविद्युत् तथा सडक आयोजनाबाट २० लाखका दरले रकम असुल्नेगरी सूची तयार पारेको छ ।

शिखर सुजलगायत कम्पनीबाट अधिकतम १० लाख रुपैयाँसम्म असुल्ने गरी तयार पारिएको कागजपत्र जफत गरिएको छ । यसैगरी अन्य वस्तु तथा सेवाप्रदायक मझौला उद्योग र चल्तीका निजी शैक्षिक संस्था प्रत्येकबाट १० लाखसम्म चन्दा असुल गर्ने उल्लेख छ । साना उद्योग तथा खुद्रा पसलबाट चन्दा माग गर्ने र स्वेच्छिक रुपमा दिएकोलाई स्वीकार गर्नेगरी कागजपत्र तयार पारेको खुलेको छ ।

सो समूहले सडक आयोजना, जलविद्युत्, अन्य उद्योग, शैक्षिक संस्था, सुपरमार्केटलगायतको सूची नै तयार पारेर चन्दा आतंक मच्चाएको प्रहरीले जनाएको छ । यसअघि सो समूहका नेता खड्गबहादुर विश्वकर्मा पनि चन्दा आतंक अभियोगमा पक्राउ परेका थिए । चन्दा असुल्ने सूचीसहित पक्राउ परेका विश्वकर्मा अदालतको आदेशपछि रिहा भएर भूमिगत बनिसकेका छन् । विश्वकर्मापछि नेकपाले आर्थिक संकलनको जिम्मा लामासहितका नेतालाई दिएको प्रहरी दाबी छ ।

विप्लव नेकपाको चन्दा डायरी
–राष्ट्रिय गौरवका जलविद्युत् आयोजना : २० लाख
–सडक निर्माणसम्बन्धी ठूला आयोजना : २० लाख
–मझौला आयोजना : १५ लाख
–ठूला उद्योग : १५ लाख
–शिखर सुज : १० लाख
–अन्य मझौला उद्योग : १० लाख
–चल्तीका विद्यालय : ५ लाखदेखि १० लाख
स्थानीय ठेक्का : १ लाखमाथि
समाचार नागरिक दैनिकमा प्रकाशित छ ।