२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रपथमा मनोरेल, १३ खर्ब रुपैयाँ लाग्ने



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरले आगामी ३ वर्षभित्र राजधानीको चक्रपथमा मोनोरेल सञ्चालनमा ल्याइसक्ने महत्त्वाकांक्षी कार्ययोजना घोषणा गरेको छ । काठमाडौं महानगरले नगरसभाबाट पारित चालु अर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्षभित्र चक्रपथमा मोनोरेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउने योजना घोषणा गरेको हो ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार पहिलो चरणमा चक्रपथमा मोनोरेल सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ । ‘अबको एकरडेढ महिनामै मोनो रेल निर्माणका लागि डीपीआर तयार हुँदै छ,’ उनले भने ।

डंगोलका अनुसार २७ किलोमिटर लम्बाइको चक्रपथमा मोनोरेल निर्माणका लागि करिब १३ खर्ब रुपैयाँ लाग्ने अनुमान छ । डंगोलले डीपीआर तयार भएपछि बुट प्रणालीमा विदेशी कम्पनीलाई निर्माण गर्न दिने या दातृ समुदायबाट सहयोग जुटाएर केन्द्र, प्रदेश र महानगरसहित राजधानीका सबै स्थानीय तहको लगानीमा बनाउने भन्नेबारे छलफल सुरु हुनेछ । ‘मोनोरेलका लागि लगानीको मोडेल तय हुनै बाँकी छ । डीपीआर आएपछि छलफल सुरु हुनेछ,’ डंगोलले भने ।

काठमाडौं महानगरको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम’ बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डंगोलले फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, बालाजु बाइसधाराको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाको सुदृढीकरण, पर्यटन पदमार्गको उचित व्यवस्थापन गर्ने कार्यक्रम तय गरिएको बताए ।

डंगोलका अनुसार काठमाडौं महानगरले पर्यटन क्षेत्रको विकासका लागि विश्वसम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्न विशेष कार्यको थालनीसमेत चालु आर्थिक वर्षबाटैसुरु गर्ने कार्यक्रमसमेत तय गरेको छ ।

उनले नीति तथा कार्यक्रममा महानगरभित्र प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारका लागि आगामी २ वर्षभित्र प्राविधिक विद्यालय स्थापना गरी सञ्चालन गर्ने योजनासमेत गरिएको जानकारी दिए । महानगरले ज्येष्ठ नागरिकलाई उपचारको उचित व्यवस्था गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेको छ ।

ज्येष्ठ नागरिक अस्पतालका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको जानकारी डंगोलले दिए । महानगर सभाले चालु वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट पारित गरेको छ । महानगरले अतिक्रमित सार्वजनिक जग्गालाई आफ्नो स्वामित्वमा ल्याई त्यहाँ बालमैत्री उद्यान, योगपार्क तथा ज्येष्ठ नागरिकमैत्री पार्क र खुला क्षेत्रको विकास गर्ने योजनासमेत नीति तथा कार्यक्रममा अघि सारेको छ ।

महानगरले यसै वर्ष सहरका मुख्यमुख्य चोकमा ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत हाइमास बत्ती जडान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।