२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र चन्द समूहबीच विश्वासको संकट पैदा



अ+ अ-

काठमाडौँ । वार्ताका लागि अनौपचारिक सूत्र प्रयोग भइरहँदा कैलालीमा विस्फोट र उपत्यका इन्चार्ज माइला लामा पक्राउ प्रकरणले सरकार र नेत्रविक्रम चन्द समूहबीच विश्वासको संकट पैदा भएको छ ।

चन्द समूहका कार्यकर्ताले बोकेको बम बिहीबार धनगढीमा विस्फोट भएको थियो । शनिबार राति १२ बजे प्रहरीले काँडाघारीबाट उपत्यका इन्चार्ज माइला लामा र कार्यकर्ता रेशम लामालाई पक्राउ गरेको छ ।

सरकारले वार्ताका लागि हिंसात्मक तयारी छोड्नुपर्ने भनाइ राख्दै आएको थियो । यता चन्द समूहले पक्राउ परेका कार्यकर्ता छोड्नुपर्ने सर्त अघि सारेको थियो । चन्द समूहले वार्ताको निर्णय गर्नेबित्तिकै उसका नेता र सत्तारुढ नेकपा नेताबीच अनौपचारिक वार्तासमेत अघि बढिसकेको थियो । तर पछिल्ला दुई घटनाले दुवै पक्षलाई झस्काइदिएका छन् ।

चन्द समूहले लामाको पक्राउलाई सरकारले वार्ताको वातावरण बनाउन नचाहेको रूपमा बुझेको छ । ‘इमानदारीसाथ वार्तामा आएका हौं, सरकारले उल्टै हाम्रो सुराकी गर्न थाल्यो, अब यसरी कसरी वार्ता होला र ? ’ चन्द समूहका एक पोलिटब्युरो सदस्यले कान्तिपुरसँग भने, ‘अब त हामीलाई सोच्न बाध्य बनाएको छ, सरकारको रबैया ठीक भएन ।’

वार्ताको निर्णयबित्तिकै सरकारले व्यक्तिगत रूपमा आफूहरूसँग घनीभूत छलफल बढाएको उल्लेख गर्दै ती नेताले अचानक नेता पक्राउ गर्नुबाट सरकारले वार्ता नचाहेको पुष्टि भएको बताए । ‘सधैं वार्ताबाट भागेको भन्ने हामीलाई आरोप लगाउँथे, यसपटक वार्ताबाट को भाग्यो, अब आमजनताले मूल्यांकन गर्छन्,’ उनले भने ।

गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले चन्द समूहले हतियार नबिसाएसम्म वार्ता नहुने बताए । अनौपचारिक रूपमा कसैले वार्ता गरिराखेको छ भन्ने त्यो नितान्त व्यक्तिगत भएको उनको भनाइ छ । ‘चन्दजीहरू पनि यही समाजका हुन्, अरू नेता पनि यही समाजका हुन्, त्यसकारण त्यो भेटवार्ताले कुनै अर्थ राख्दैन,’ उनले भने, ‘चन्दजीहरूले विश्वसनीय वातावरण नबनाएसम्म वार्ता हुन सक्दैन, सरकारले विरोधीप्रति देखाउने व्यवहार देखाउँछ ।’ चन्द समूहका माग नै स्पष्ट नभएको उनले बताए ।

वाम बुद्धिजीवी ऋषिराज बरालले चन्द समूहको अस्पष्ट कार्यदिशाले नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको बताए । ‘सत्तापक्षले आफ्नो चरित्र देखाउनु स्वाभाविक हो तर चन्द समूहले हतियार बोकेर जनयुद्ध गर्न खोजेको हो कि शान्तिपूर्ण राजनीति गर्न खोजेको हो, स्पष्ट भएन,’ उनले भने । सरकारले संविधान र ऐन–कानुनअन्तर्गत वार्तामा आउन भनिसकेको उनले बताए । व्यक्तिगत रूपमा सत्तापक्षका नेताले चन्द समूहसँग भेटघाट तीव्र बनाउनुलाई भने उनले क्रेडिट लिने होडबाजी औंल्याएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ  ।