२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेस एप्स प्रयोग नगर्न विज्ञको सुझाव, १० करोडभन्दा बढीले गरे प्रयोग



अ+ अ-

काठमाडौंँ । कलाकारदेखि युवापुस्तामाझ ‘फेस एप्स’ नामक एप्स लोकप्रिय भइरहेको छ । उक्त एप्स प्रयोग गर्दै आफ्नो बुढेशकालको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति व्यापक भएको छ ।
फेसबुकका अनुसार विश्वभर एकै दिनमा यो एप्स १० करोडभन्दा बढीले प्रयोग गरिरहेका छन् । यसको प्रभाव नेपालमा पनि परेको छ । कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, मनोज गजुरेललगायत थुप्रैले यो एप्समार्फत आफ्ना बुढ्यौली देखिने तस्बिर फेसबुकमा अपलोड गरेका छन् । भारतीय क्रिकेटर विराट कोहली, कलाकार अर्जुन कपुरलगायतले सामाजिक सञ्जालमा यस्ता तस्बिर सार्वजनिक गरेका छन् ।

यो एप्सले केही समयका लागि रमाइलो दिए पनि दीर्घकालमा असर गर्ने दाबी आईटी विशेषज्ञ सुरेन्द्रमान जोशीले गर्नुभयो । उहाँले यो एप्स प्रयोगकर्ताको डाटा असुरक्षित हुने बताउनुभयो । जोशीले भन्नुभयो, “सुरक्षा निकायमा बसेकाहरूले यो एप्स प्रयोग गर्दै नगर्नू भनेर कतिपय मुलुकका सरकारले नागरिकलाई सचेत गराइसकेका छन् । ”

यो एप्समार्फत प्रयोगकर्ताको मोबाइलमा भएको फोटोदेखि सबै डाटा लिन सकिने जानकारी उहाँले दिनुभयो । चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले फेस एप्स मात्र नभएर जुनसुकै सामाजिक सञ्जालले हाम्रो डाटा लिने जानकारी दिनुभयो ।

कुनै पनि सामाजिक सञ्जालमा भविष्यमा के हुने, भाग्यमानी कति प्रतिशतजस्ता एप्सले हाम्रो डाटा लिएकै हुन्छन् । त्यसैले त्यस्ता एप्स नचलाउन उहाँको सुझाव छ ।

रघुवंशी भन्नुहुन्छ, “फेस एप्सले प्रयोगकर्ताका सबै जानकारी आफ्नो डिभाइसमा राख्छ । यसमा फोनको पहिचान गर्ने डाटा, कुकिज, लग फाइल, स्थानलगायतका महत्वपुर्ण डाटा हुन्छन् । यसबाट तपाईंको चासोका विषय, दैनिक व्यवहार, इमेल ठेगाना क्रेडिट कार्ड र पासवर्ड चोरी पनि हुन सक्छन् । ” “फेस एप्समा सङ्कलन गरिएको डाटा कम्पनीबाट हटाउन सकिँदैन”, उहाँले थप्नुभयो, “वायरलेस ल्याबलाई तपाईंको नयाँ डाटा सङ्कलनबाट रोक्न एप्स प्रयोग गर्न छोड्नुपर्छ । ” विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सन् २०१७ मा पहिलोपटक रुसीहरूले ‘फेस एप्स’ सार्वजनिक गरेका थिए । ‘फेस एप्स’मा सुरक्षा चुनौती धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि जनाएका छन् ।

यो एप्स सुचारु भएपछि प्रयोगकर्ताका सङ्गृहीत सामग्री र तस्बिरहरू बिनाअनुमति नै स्टोर गर्न सक्ने क्षमता पनि यसमा रहेको र प्रयोगकर्ताको स्वीकृतिबिनै डाटाहरू अरूलाई बेच्न सक्ने खतरा रहेको बताइएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई) प्रविधिको माध्यमबाट युवा वा किशोर भएको तस्बिरलाई तत्काल बुढ्यौलीमा परिवर्तन गराइदिन सक्ने एप्स वायरलेस ल्याब नामक रसियन कम्पनीले ल्याएको हो । फेस एप्स सन् २०१७ फेब्रुअरी १४ भ्यालेन्टाइन डेको दिन गुगल स्टोरमा राखिएको थियो । त्यति बेला ‘सेलिब्रेटी’हरूले प्रयोग नगरेका कारण चर्चा कमै थियो तर अहिले सेलिब्रेटीहरूले प्रयोग गरेपछि गुगलको प्ले स्टोर र आइफोनको एप्स स्टोरबाट डाउनलोड ह्वात्तै बढेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।