२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजावादीहरूका पार्टी खिइँदै, गुट मौलाउँदै



अ+ अ-

काठमाडौं । पूर्वराजावादीहरूका पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीहरू जनमतका आधारमा जति कमजोर छन्, आन्तरिक हिसाबले पनि अनेक गुट–उपगुटमा विभक्त छन् । राप्रपा र राप्रपा संयुक्तमा चाररचार गुट सक्रिय छन् ।

कमल थापा नेतृत्वको राप्रपामा संस्थापनको नेतृत्व थापाले गर्छन् भने पूर्वप्रधानमन्त्रीसमेत रहेका लोकेन्द्रबहादुर चन्दले अर्को गुट बनाइरहेका छन् । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको आफ्नै गुट छ । राप्रपा संयुक्त छोडेर राप्रपा प्रवेश गरेका दीपक बोहोराको छुट्टै गुट छ । राप्रपामा सबैभन्दा बलियो गुट भने थापासँगै छ । पार्टीमा उनी बहुमतमा छन् ।

छोरा तथा पार्टी महामन्त्री जयन्त चन्द राप्रपा संयुक्तमा प्रवेश गरेपछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गुट कमजोर बनेको छ । उनीसँग उपाध्यक्ष प्रेमबहादुर भण्डारी मात्रै छन् । टुक्रिएका राप्रपालाई एक जुट बनाउनुपर्छ भन्ने मान्यता राख्ने चन्द राप्रपाका कुनै पनि बैठक र छलफलमा उपस्थित हुँदैनन् । ‘औपचारिक बैठकमा उहाँ ९चन्द० आउनुभएको छैन । पार्टी एक होस् भन्ने शुभेच्छा राख्नुहुन्छ । तीन पार्टी एक भएपछि मात्रै बैठक र कार्यक्रममा आउँछु भन्नुहुन्छ,’ प्रचार विभाग प्रमुख श्रेष्ठले भने ।

वरिष्ठ उपाध्यक्ष तामाङसँग पनि केही नेता छन् । ०७३ सालमा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल एक हुनुअगाडि तामाङ राणा नेतृत्वको राप्रपामा थिए । पार्टी एक भएपछि २२ साउन ०७४ मा राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक बनाउँदा तामाङ कमल थापासँगै रहे । उनीसँग पुरानो राप्रपाका नेताहरू बालाराम घर्तीमगर, रोशन कार्की, भुवन पाठक, तारेणबहादुर गुरुङलगायतका नेताहरू छन् ।

त्यस्तै, राप्रपा संयुक्तबाट १२ फागुनमा ५१ केन्द्रीय सदस्य र २३ जिल्ला सभापतिसहित प्रवेश गरेका दीपक बोहोराको छुट्टै गुट छ । उनको समूहलाई अहिले अध्यक्ष थापाले १८ केन्द्रीय सदस्य र १४ आमन्त्रित केन्द्रीय सदस्य दिएका छन् । बोहोरा राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी एक हुँदा पदमा चित्त नबुझाएर पार्टी छोडेका थिए । बोहोरासित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीपकुमार उदय, सहायक महामन्त्री बिन्दु पहाडी, सहायक महामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, प्रशिक्षण विभाग प्रमुख सुरेन्द्र केसी, केन्द्रीय सदस्यहरू सरोज शर्मा, ताहिर अली, दिलीप बस्नेत, मीना स्वर्णकार, दीपक राई, गंगाराम कलवारसहित ५१ केन्द्रीय सदस्य र २३ जिल्ला समिति राप्रपामा प्रवेश गरेका थिए ।

राप्रपाका ४ गुट

  • कमल थापा
  • लोकेन्द्रबहादुर चन्द
  • बुद्धिमान तामाङ
  • दीपक बोहरा

संयुक्तका ४ गुट

  • पशुपतिशमशेर राणा
  • प्रकाशचन्द्र लोहनी
  • सुनील थापा
  • जयन्त चन्द्र

यता, दुई अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिकमा पनि ४ वटा गुट सक्रिय छन् । अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा। प्रकाशचन्द्र लोहनी, नेता सुनील थापा र जयन्त चन्दले छुट्टाछुट्टै गुट चलाएर राजनीति गरिरहेका छन् । पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिमा राणाका २५ र डा। लोहनीका १२ सदस्य छन् । राणाका २५ मध्ये नेता थापासँग ७ र चन्दसँग ७ जना छन् ।

समितिमा राणाको पक्षमा पूर्वमन्त्रीहरू विक्रम पाण्डे, केशरबहादुर विष्ट, रामकुमार सुब्बा, रामचन्द्र राणा, ध्रुवबहादुर प्रधान, राजाराम श्रेष्ठ, ठाकुरप्रसाद शर्मा राजेन्द्र गुरुङलगायत नेता छन् । त्यस्तै, डा। लोहनीको पक्षमा एकीकृत राप्रपा राष्ट्रवादी पार्टीबाट आएर समितिमा परेका ऋषिबाबु परियार, रामप्रताप शाह, गणेश शेरचन, श्याम तिमल्सिना तारानाथ लुइँटेललगायत छन् ।

पार्टीभित्र गणतान्त्रिक समूह बनाएका सुनील थापाको पक्षमा हरिबहादुर बस्नेत र नवराज सुवेदीसहित ७ सदस्य छन् । केन्द्रीय समितिमा थापाको पक्षमा धर्मराज जोशी, कविराम पुरी, किरण गिरी शिवराम थापा, बाबुराम बस्नेत, विष्णुविक्रम थापा, पदमबहादुर बस्नेत, इनु अधिकारी, चन्द्रभुन्टे गुरुङ, गिरिधर परियार, गणेश यादव, चन्द्रेश्वर यादव, उज्ववल थापा, दिनेश कार्की, रामकृष्ण भट्टराईलगायत ३६ जना छन् ।

१५ फागुनमा राप्रपाबाट राप्रपा संयुक्तमा प्रवेश गरेको जयन्त चन्द नेतृत्वको समूहमा उच्चस्तरीय कार्यसम्पादन समितिमा ७ जना छन् । समूहका ७ जनालाई १२ असारमा अध्यक्षद्वय राणा र डा। लोहनीले उच्चस्तरीय कार्यसम्पादन समितिमा मनोनयन गरेपछि थापा समूह त्यसको विरोधमा उत्रिरहेको छ । समूहबाट चन्दसहित भरत गिरी, प्रह्लाद साह र भरत पाठक, दिनेश श्रेष्ठ, गोविन्दप्रसाद खनियाँ र झनक प्याकुरेललाई समितिमा मनोनयन गरिएको छ । चन्दसँग गोविन्द दाहाल, बिन्दा गिरी, चिरागमानसिंह कुँवर, भरतबहादुर चन्द, सुन्दर खड्कालगायत नेताहरू छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।