२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादी प्रयोगशालाका लागि जग्गा भेटिएन



अ+ अ-

सुर्खेत । जग्गा नहुँदा कर्णालीमा विषादी प्रयोगशाला स्थापनाको काम रोकिएको छ। प्रदेश सरकारले कर्णालीमा विषादीयुक्त फलफूल र तरकारीको आयात रोक्न विषादी परीक्षणको तयारी गरेको छ। तर प्रदेशमा बाहिरबाट तरकारी भित्रिने मुख्य नाकामा विषादी प्रयोगशाला स्थापनाका लागि आवश्यक जग्गा नपाएपछि काम रोकिएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विषादी परीक्षण तथा द्रुत प्रयोगशाला केन्द्र स्थापनाका लागि अझै जग्गा पाएको छैन। गत आर्थिक वर्षभित्र सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा विषादी परीक्षण तथा द्रुत प्रयोगशाला केन्द्र स्थापना गर्न मन्त्रालयले बजेट विनियोजन गरेको थियो। तर, प्रयोगशाला स्थापना गर्न सकेन। दुई वटा प्रयोगशाला स्थापनाका लागि गत आर्थिक वर्षमा एक करोडभन्दा बढी बजेट छुट्याइएको थियो।

तर हालसम्म पनि सुर्खेतको हर्रेमा प्रयोगशाला स्थापनाका लागि काम सुरु हुन सकेको छैन। हर्रेमा जग्गा व्यवस्थापन नहुँदा प्रयोगशालाको काम सुरु नभएको मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले बताए। ‘कपुरकोटमा प्रयोगशाला स्थापनाका काम अन्तिम चरणमा छ, हर्रेमा काम नै सुरु हुन सकेन’, उनले भने, ‘सडकछेउमा सबैको पहुँज हुने गरी प्रयोगशाला बनाउन लागेका हौँ, तर हालसम्म जग्गा नभेटिँदा काम रोकिएको हो।’ उनका अनुसार हर्रेमा जग्गा खोज्ने काम जारी छ। तर, कपुरकोटमा भने कृषि उपज बजार सञ्चालक समितिद्वारा त्यहाँको प्रयोगशाला स्थापनाको काम अन्तिममा पुगेको छ।

विषादी प्रयोगशाला निर्माणका लागि हर्रेमा आवश्यक दुई रोपनी जग्गा वर्ष दिनसम्म मन्त्रालयले व्यवस्थापन गर्न नसकेपछि जनस्तरबाट आलोचना भएको छ। तत्कालका लागि हर्रेमा अस्थायी प्रयोगशाला सुरु गर्न भेरीगंगा नगरपालिकासँग समन्वय भइरहेको कृषि मन्त्रालयका बखत खड्काले बताए। उनले भने, ‘पहिले हर्रेको कृषि संकलन केन्द्रमै बसेर विषादी परीक्षण गर्ने भन्ने थियो, तर त्यहाँ पूर्वाधार अपुग हुँदा छुट्टै भवन बनाउनुपर्ने भएको हो।’ प्रयोगशाला स्थापनापछि मन्त्रालयले अर्गानिक उत्पादन तथा निर्यातमा जोड दिनुका साथै विषादीयुक्त तरकारी, फलफूल तथा खाद्यान्न आयातमा रोक लगाउने तयारी गरेको छ।

कर्णालीलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरे पनि त्यसका लागि प्रदेश सरकारले हालसम्म आवश्यक मापदण्ड बनाउन सकेको छैन। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भाडाकै घरबाट भए पनि चालु आर्थिक वर्षबाट हर्रे र कपुरकोटमा विषादी परीक्षण सुरु गर्ने बताइन्। संघीय सरकारद्वारा भन्सारमा विषादी प्रशिक्षण नगर्ने भन्ने निर्णय कर्णाली प्रदेशका लागि चुनौतीको विषय बनेको उनले बताइन्। कर्णालीका नाकामा विषादी परीक्षण केन्द्र राख्ने तयारी थालेको मन्त्रालयसँग कर्णालीमा वार्षिक के कति तरकारी, फलफूल र खाद्यान्न आयातनिर्यात हुन्छ भन्ने हालसम्म यकिन तथ्यांक भने छैन।। समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।