२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकट टार्न सम्पत्ति बिक्री



अ+ अ-

काठमाडौं । घरजग्गा व्यावसायी इच्छाराज तामाङले आर्थिक संकट टार्न सम्पत्ति बिक्री गर्न थालेका छन्। चरम आर्थिक संकटमा रहेका तामाङले ‘प्राइम लोकेसन’ मा रहेका आफ्ना सम्पत्ति बिक्री गर्न थालेका हुन्।

विगतमा घरजग्गामा मन्दी आएसँगै उनी पछिल्लो समयमा चरम आर्थिक संकटमा छन्। आर्थिक संकट टार्न उनले पछिल्लो समय सुन्धाराको आर्मी अफिसर क्लब अगाडिको सीटीसी मल र चाइना टाउनछेउको जेडीए कम्प्लेक्स बिक्री गरेका हुन्। तामाङले उक्त सम्पत्ति १ अर्ब ३० करोड रुपैयाँमा व्यवसायी अजयराज सुमार्गीलाई बिक्री गरेका छन्।

अपार्टमेन्ट बिक्री हुन नसकेपछि सिभिल ग्रुपले होटल बनाउने तयारी गरेको थियो। तर, होटलमा थप लगानी गर्न नसकेपछि तामाङले सस्तो मूल्यमै जेडीए कम्प्लेक्स बिक्री गरेका हुन्। कम्प्लेक्स रहेको ६ रोपनी जग्गामा १२ तलाको अपार्टमेन्ट छ।

तामाङले श्रीमती सिर्जना शाक्यसँग कागजीरूपमा सम्बन्ध बिच्छेद गरेर केही दिनअघि सिभिल बैंकको १७ लाखभन्दा बढीको संस्थापक सेयर बिक्री गरेका थिए। १७ लाख ५३ हजार ५ सय ९४ कित्ता सेयर प्रतिकित्ता सय रुपैयाँका दरले संस्थापक सेयर बिक्री गरिएको थियो। यस्तै उनले कीर्तिपुरमा रहेको २ रोपनी जग्गासमेत बिक्री गरेका छन्। तामाङ निकट स्रोतका अनुसार उनको करिब २७ अर्बको सम्पत्ति छ। उनलाई संकट टार्न धेरै सम्पत्ति बिक्री गर्नुपर्ने अवस्था छ।

उनका निकटका अनुसार तामाङ संकट टार्न अझै सम्पत्ति बिक्री गर्ने तयारीमा छन्। ‘केही समयभित्र अरु सम्पत्ति बिक्री गरेर छिट्टै आर्थिक संकटबाट उम्किन खोजिरहेका छन्’, स्रोतले भन्यो। पहिलो चरणमा सिभिल सहकारीको ऋण तिर्ने योजना छ।
तामाङले सिभिल ग्रुपद्वारा प्रवद्र्वित सिभिल बचत तथा ऋण सहकारी संस्थाबाट आफ्ना तीन कम्पनीका लागि सात अर्ब ४३ करोड ऋण लिएका छन्। ऋण तिर्न नसकेका कारण सहकारी उच्च जोखिममा छ। सहकारीमा दुई हजार ६ सय ९० सदस्य सदस्य छन्। सहकारीको आव २०७४÷७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी सात अर्ब ४३ करोड रुपैयाँ लगानी गरिएको छ।

घरजग्गामा मन्दी आएसँगै उनले पछिल्ला दुई वर्षयता वार्षिक एक अर्ब रुपैयाँ ब्याज मात्रै तिरेको सिभिल होम्सको लेखा परीक्षण प्रतिवेदनले देखाउँछ। यी तीन कम्पनीका लागि लिइएको ऋण सहकारीको कुल लगानीको ९१ प्रतिशत हुन आउँछ। तामाङले सम्पत्ति बिक्री गरेर सहकारीको ऋण तिर्न थालेका छन्। ऋण भुक्तानी हुन थालेसँगै समस्यामा रहेको सहकारी सञ्चालनमा सहजता आउन थालेको छ। केही समयअघि सहकारीले निक्षेप फिर्ता गर्न नसकेपछि सहकारी आंशिक बन्दसमेत भएको थियो।

सिभिल बैंक मर्जरमा जान आँतुर

सिभिल बैंक मर्जरमा जान चाहेको छ। अरु बैंक गाभेर ठूलो बन्नेभन्दा पनि आफूभन्दा ठूलो साझेदार खोजेर गाभ्ने योजना सञ्चालकको छ। सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले मर्जरमा जान आतुर भएको बताएका छन्। सिभिल बैंक मर्जरमा जाने करिब १० वटा बैंकसँग छलफल भइसकेको उनले बताए।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा राम्रो बैंकसँग मर्जर गर्न चाहेको बताए। बैंक मर्जरमा जान समिति गठन गरिएको छ। मर्जरका लागि अन्तिम तयारीमा पुगे पनि साझेदार बैंकको नाम भने उनले बताउन चाहेनन्।

सिभिल बैंकको प्राथमिकता ‘क’ वर्गका पुराना बैंकसँग मर्जरमा जाने योजना छ। स्रोतका अनुसार सिभिल बैंक र हिमालयन बैंकबीच मर्जरका लागि सहमति जुट्ने सम्भावना छ। यी दुई बैंकमा नागरिक लगानी कोषको ठूलो लगानी छ। दुवै बैंकका अधिकांश प्रवद्र्धक मिल्छन्। मौद्रिक नीति आएपछि उपयुक्त साझेदारसँग मर्जरमा जान सकिने उनको भनाइ छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले मर्जरका लागि तीनवटा वाणिज्य बैंकसँग छलफल भइरहेको बताएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।